प्रधानसेनापति र मित्र राष्ट्र भारतका Assam Rifles का प्रमुख Lt Gen Ranbir Singh, AVSM, VSM बीच भेटवार्ता

१. आज मिति २०७० आषाढ ५ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. र भुतपूर्व सैनिकहरुको सुविधा सम्बन्धमा जानकारी लिन नेपाल भ्रमणमा रहनु भएका मित्र राष्ट्र भारतका Assam Rifles का प्रमुख Lt Gen Ranbir Singh. AVSM, VSM बीच जंगी अड्डामा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ । २. उक्त भेटघाटका अवसरमा द्धिपक्षिय आपसी हितका विषयमा कुराकानी भएको थियो । साथै मिति २०७० आषाढ ३ गते नेपाल आउनु भएका Lt Gen Singh मिति २०७० आषाढ ६ गते स्वदेश फिर्ता हुनु हुने कार्यक्रम रहेको छ ।