नेपाली सेनाद्धारा दार्चुलाको खलङ्गामा उद्धार सामाग्री ढुवानी तथा बर्दियामा उद्धार

१. विगत केही दिनदेखि मध्यपश्चिम तथा सुदुर पश्चिममा भईरहेको प्राकृतिक विपद्को उद्धार कार्यमा नेपाली सेना परिचालन भई रहेको छ । २. दार्चुला जिल्ला खलङ्गा गा.वि.स.का ४ र ५ मा महाकाली नदीमा आएको बाढीको प्रकोपमा परी विस्थापित स्थानियहरुलाई नेपाल रेडक्रस सोसाईटी र केन्द्रबाट पठाईएको कम्बल, खाद्य सामाग्री तथा अन्य उद्धार सामाग्रीहरु नेपाली सेनाको हेलिकप्टरबाट २ ट्रिप उद्धार सामाग्री दार्चुलाको खलङ्गामा आपूर्ति गरिएको छ । ३. त्यसैगरी, आजै नेपाली सेनाको विशेष उद्धार टोलिले कर्णाली नदीले टिकापूर ईलाकाको शाहीपूर भन्ने स्थानमा नदीको डुवानबाट असुरक्षित रहेका १०७ जना स्थानिय बासिन्दाहरुलाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको थियो ।