सम्माननीय राष्ट्रपति डा.श्री रामवरण यादवबाट श्री वीरेन्द्र अस्पतालको निरीक्षण

१. आज मिति २०६७ भाद्र २१ गते बिहान सम्माननीय राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति डा.श्री रामवरण यादवबाट नेपाली सेनाको छाउनीस्थित श्री वीरेन्द्र अस्पतालको भ्रमण गर्नुभई त्यहाँस्थित विभिन्न कक्षको निरीक्षण गर्नुभयो । निरीक्षणको क्रममा वहाँले बिरामीहरुसँग पनि भलाकुसारी गर्नु भएको थियो । २. सो अवसरमा वहाँलाई श्री वीरेन्द्र अस्पतालका कमाण्डान्ट सहायक रथी डा.श्री गम्भीरलाल राजभण्डारीले अस्पतालको विविध पक्षको बारेमा जानकारी गराउनु भएको थियो । ३. बि.सं.१९८२ सालमा काठमाडौंको महांकालमा स्थापित ६४ शैय्याको श्री त्रि–चन्द्र मिलिटरी हस्पिटलले बिरामीको चाप धान्न नसकेपछि बि.सं.२०४६ सालमा काठमाडौंको छाउनीमा ४२० शैय्याको श्री वीरेन्द्र अस्पताल स्थापना गरिएको हो । आधुनिक सुविधासम्पन्न यस अस्पतालमा वहालवाला तथा भूतपूर्व सैनिक र तीनका परिवार, राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी अस्पतालबाट रिफर भइ आएका बिरामी, रक्षामन्त्रालय र जंगी अड्डामा कार्यरत गैर सैनिक कर्मचारी तथा तीनका श्रीमान श्रीमती, सैनिक महाबिद्यालयका बिद्यार्थी तथा शिक्षक शिक्षिका एवं तीनका श्रीमान श्रीमती साथै दैवीप्रकोप तथा दुर्घटनामा परेका गैर सैनिक व्यक्ति एवं विदेशीहरुलाई समेत उपचार सेवा पु¥याइरहेको छ । गएको वर्षमा मात्र यस अस्पतालले करिब १० हजार बिरामीहरुलाई अन्तरंग सेवा पु¥याएको छ भने ३ लाख बिरामीहरुलाई बहिरंग सेवा पु¥याएर आफ्नो क्षमता प्रदर्शन गरेको छ । ४. आज सम्पन्न निरीक्षण कार्यक्रममा रक्षामन्त्री श्रीमती बिद्यादेवी भण्डारी, प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्ग, राष्ट्रपतिको कार्यालयका सचिव श्री बामन प्रसाद न्यौपाने, नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।