सैनिक श्रीमती संघद्धारा बाढीपिडितहरुलाई राहत सामाग्री वितरण

१. विगत केही दिनदेखिको अविरल वर्षाका कारण दार्चुला जिल्लाका विभिन्न स्थानमा बाढी पहिरोका कारण प्रभावित स्थानियहरुको लागि राहत स्वरुप श्री सैनिक श्रीमती संघले पठाएको राहत सामाग्री दार्चुलास्थित श्री शत्रुभञ्जन गुल्मले स्थानिय बाढी पिडितहरुलाई खलङ्गा वितरण गरिएको छ । २. संघले लत्ता कपडा र खाद्य सामाग्री गरी करिव ८५० के.जी. बराबरको राहत सामाग्री दार्चुला पठाएको थियो । उक्त सामाग्रीहरु श्री सैनिक श्रीमती संघको तर्फबाट दार्चुलास्थित श्री शत्रुभञ्जन गुल्मले आज मिति २०७० आषाढ ९ गते वितरण गरेको छ ।