शान्ति स्थापनार्थ MONUSCO Mission, Congo र MINUSTAH Mission, Haiti खट्टिई जाने फौजको निरीक्षण तथा सम्बोधन

१. आज मिति २०७० आषाढ ९ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा.ले संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ MONUSCO Mission, Congo मा तैनाथ हुन जाने श्री सिंहनाथ गण (शा.से.) १९ औं डफ्फा र MONUSCO Mission, Congo / MINUSTAH Mission, Haiti मा तैनाथ हुन जाने श्री भैरव गण (शा.से.) १३ औं डफ्फाद्वारा पाँचखालस्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा प्रस्तुत गरेको Pre-Deployment तालिमको निरीक्षण गर्नु भयो । २. उक्त अवसरमा प्रधानसेनापति महारथी श्री राणाले नेपाली सेनाका परमसेनाधिपति सम्माननीय राष्ट्रपति डा.श्री रामवरण यादवद्वारा दिईएको शुभकामना सन्देश पढेर सुनाउनु भएको थियो । ३. कार्यक्रममा प्रधानसेनापति महारथी श्री राणाले विगत ५५ वर्ष अघि देखि शान्ति स्थापनामा योगदान पु¥याउंदै आएको नेपाली सेनाले हालसम्म ९६,००० सैनिकहरू ३९ वटा मिशनहरूमा खट्टिई विश्व शान्तिको लागि योगदान दिई सकेको र हाल ११ वटा विभिन्न मिशनहरूमा ३६३४ शान्ति सैनिकहरू कार्यरत रहेको उल्लेख गर्नु भयो । सोही अवसरमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को निर्णय अनुसार पश्चिम अफ्रिकी राष्ट्र मालीमा United Nation Multidimensional Integrated Stabilization Mission in Mali (MINUSMA) मा Explosive Ordnance Disposal (EOD) Company भविष्यमा तैनाथ गर्न तयारी भईरहेको जानकारी गराउनु भयो । विश्व शान्तिका खातिर हालसम्म आफ्नो जिवन उत्सर्ग गर्ने नेपाली सेनाका ५९ जना बहादुर सैनिकहरुप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै तपाईहरुले देशको प्रतिनिधित्व गर्दै विदेशी भूमिमा आफ्नो पेशागत दक्षता, अनुशासन, कर्तव्य परायणता प्रदर्शन गर्नु पर्ने चुनौतिलाई प्रशंसनिय ढंगले पुरा गरी नेपाल र नेपालीको शिर विश्व सामु अझ उच्च बनाउनु हुनेछ भन्ने विश्वास व्यक्त गर्नुभयो । ४. सोही अवसरमा प्राप्त जिम्मेवारीलाई पुरा गर्दा सैनिक मुल्य मान्यता तथा आचरणलाई ख्याल राखी अन्तर्राष्ट्रिय समुदायका सामु उदाहरणिय बनेर प्रस्तुत हुनु हुनेछ भन्ने विश्वास समेत व्यक्त गर्नुभयो । ५. MONUSCO Mission, Congo र MINUSTAH Mission, Haiti मा डिप्लोई हुन प्रस्थान गर्नुपूर्व तपाईहरुलाई दिएको Pre-Deployment तालिमले, तपाईहरुको जिम्मेवारी असरदार ढंगले पुरा गर्न सहयोग गर्नेछ भन्ने विश्वास व्यक्त गर्दै Pre-Deployment तालिम संचालन गराउन सरिक हुनु भएका सम्पुर्ण अधिकृत, पदिक, विल्लादार तथा अन्य दर्जाहरुलाई धन्यबाद दिनु भएको थियो । ६. प्रधानसेनापति महारथी श्री ज.ब.रा.ले शान्ति सेनामा सहभागी हुन जाने सकल दर्जाहरुलाई पाएको जिम्मेवारीमा सफलता मिलोस् भनि मंगलमय शुभकामना समेत दिनु भएको छ । ७. उक्त कार्यक्रममा नेपाली सेनाका उच्च पदस्थ अधिकृतहरु, रक्षा मन्त्रालयका प्रतिनिधि र अधिकृत, पदिक तथा अन्य दर्जाहरुको उपस्थिति रहेको थियो । श्री सिंहनाथ गण (शा.से.) १९ औं डफ्फाको नेतृत्व प्रमुख सेनानी श्री अशोक गुरुङ्गले र श्री भैरव गण (शा.से.) १३ औं डफ्फा प्रमुख सेनानी श्री सानुकाजी थापाले गर्नुभएको छ । श्री सिंहनाथ गण (शा.से.) १९ औं डफ्फा आषाढ महिनाको अन्तिम हप्ता कंगोमा र श्री भैरव गण (शा.से.) १३ औं डफ्फा आषाढ महिनाको तेश्रो हप्ता हाईटीमा प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।