प्रधानसेनापति र अमेरिकी सैनिक सहचारी Lt Col Gianstefano Martin बीच शिष्टाचार भेटवार्ता

१. आज मिति २०७० आषाढ ११ गते प्रधासेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. र नेपालका लागि नवनियुक्त अमेरिकी सैनिक सहचारी Lt Col Gianstefano Martin बीच जंगी अड्डामा शिष्टाचार भेटघाट सम्पन्न भएको छ । २. काठमाण्डौ स्थित अमेरिकी राजदुतावासको सैनिक सहचारी Col Gregory S. Winston आफ्नो कार्यकाल पुरा गरी स्वदेश फिर्ता हुन लाग्नु भएको हुंदा वहांको बदलामा आउनु भएका नवनियुक्त सैनिक सहचारी Lt Col Gianstefano Martin ले प्रधानसेनापतिज्यू संग भेटघाट गर्नु भएको हो । उक्त भेटघाटका क्रममा प्रधानसेनापति महारथी श्री ज.ब.रा. र नेपालका लागि नवनियुक्त अमेरिकी सैनिक सहचारीबीच द्धिपक्षिय आपसी हितका विषयमा छलफल भएको थियो । ३. जंगी अड्डामा आयोजित उक्त भेटघाटका क्रममा अमेरिकी सैनिक सहचारी Lt Col Gianstefano Martin ले बलाधिकृत, सैनिक विनय महानिर्देशक, शान्ति सेना संचालन निर्देशक लगायत वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रका केन्द्रपतिसंग समेत परिचयात्मक भेटघाट गर्नु भएको थियो ।