प्रधानसेनापति महारथी श्री गौरब शम्शेर ज.ब.रा. द्धारा सुदुर पश्चिम पृतना अन्तर्गतका युनिटहरुको निरीक्षण भ्रमण

१. प्रधानसेनापति महारथी श्री गौरब शम्शेर ज.व.रा.द्धारा आज मिति २०७० आषाढ १७ गते सुदुर पश्चिम पृतना हे.क्वा. अन्तर्गत दार्चुला जिल्लास्थित खलङ्गामा तैनाथ श्री शत्रुभञ्जन गुल्म तथा कञ्चनपूर व्यारेकको निरीक्षण भ्रमण सम्पन्न भएको छ । २. उक्त निरीक्षण भ्रमणको क्रममा आषाढ पहिलो साताबाट महाकाली नदीमा आएको बाढीबाट प्रभावित स्थानहरुको भ्रमण तथा उक्त क्षेत्रमा तैनाथ श्री शत्रुभञ्जन गुल्मबाट खट्टिएका जवानहरुले खलंङ्गा बजार तर्फको कटान रोक्नका लागि महाकाली नदीमा अस्थाई तटबन्ध (तारजालीमा ढुङ्गा भर्ने कार्य) निर्माण कार्यको निरीक्षण गर्नु भयो । उक्त गुल्मले हालसम्म ४२ वटा ग्याविन जालीमा ढुङ्गा भर्ने कार्य सम्पन्न गरी सकेको छ । ३. साथै निरीक्षण भ्रमण पश्चात प्रधानसेनापति महारथी श्री राणा आजै काठमाण्डौ फर्कने कार्यक्रम रहेको छ ।