नेपाली सेनाद्धारा राष्ट्रिय पुरुष भलिबल खेलाडीहरुको खेल पोशाकको प्रायोजन

१. नेपाली सेनाले नेपाल भलिबल संघको आयोजनामा यही आषाढ २८ गतेदेखि ३१ गते सम्म काठमाण्डौमा आयोजना हुने ‘प्रथम दक्षिण एसियाली आमन्त्रण पुरुष भलिबल च्याम्पियनसिप २०१३’ मा सहभागी हुने नेपाली राष्ट्रिय पुरुष भलिबल खेलाडीहरुको लागि खेल पोशाकको प्रायोजन गरेको छ । २. नेपाल भलिबल संघले आज नक्सालस्थित ज्यतभ िऋचयधलभ एबिशब मा आयोजना गरेको विशेष कार्यक्रममा नेपाली राष्ट्रिय पुरुष खेलाडीहरुको खेल पोशाक (ट्रयाकसुट, टिसर्ट, हाफ प्यान्ट, मोजा र जुत्ता) को लागि रु.१,२०,०००।– (एक लाख बीस हजार) को चेक नेपाली सेनाको तर्फबाट प्रमुख सेनानी प्रकाशजंग कार्कीले नेपाल भलिबल संघका अध्यक्ष दानबहादुर तामाङ्गलाई हस्तान्तरण गर्नुभयो । उक्त अवसरमा नेपाल भलिबल संघका अध्यक्ष तामाङ्गले नेपाली सेनालाई धन्यवाद ज्ञापन व्यक्त गर्नु भएको थियो । ३. नेपाली राष्ट्रिय भलिबल टिमले हाल नेपाली सेनाको लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा प्रशिक्षण गरिरहेको छ । ४. उक्त कार्यक्रममा नेपाल भलिबल संघका पदाधिकारीहरु, खेलाडीहरु तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।