नेपाली सेनाद्धारा दार्चुलामा खाद्य संकट कम गर्न जनशक्तिको प्रयोग गर्दै खाद्य सामाग्रीको ढुवानी

१. विगत आषाढ महिनाको पहिलो सातादेखिको अविरल वर्षासंगै दार्चुला जिल्लाको खलङ्गामा आएको बाढीबाट प्रभावित भई जिल्लामा खाद्य सामाग्रीको अभाव हुन नदिन नेपाली सेनाले खाद्यान्न ढुवानी गरेको छ । सो को लागि हेलिकप्टरबाट खाद्य सामाग्री आपूर्ति गर्ने क्रममा प्रतिकुल मौसमको बाबजुद ढुवानी कार्य संचालन भई रहेको छ । गुल्मबाट ७२ जना सैनिक जवानहरु खट्टिई दार्चुलाको दत्तु ईलाकामा स्टोर गरि राखिएको खाद्य सामाग्री (१,४०० के.जी.) आते–जाते पैदल ३६ कि.मि. टाढाबाट खलङ्गा बजार सम्म ढुवानी गर्ने कार्य आज मिति २०७० आषाढ २३ गते उक्त गुल्मले सम्पन्न भएको छ । साथै नेपाली सेनाको ईक्युलेट हेलिकप्टरबाट समेत मौसम अनुकुल भएको समयमा खाद्य सामाग्री ढुवानी गर्ने कार्य भई रहेको छ । २. मौसम अनुकुल भएमा दार्चुलाको सदरमुकाम खलङ्गामा खाद्य सामाग्री ढुवानी हेलिकप्टरबाट जारी रहने छ । प्रतिकुल मौसममा पनि स्थानिय सैनिक जवानहरु परिचालन गरी खाद्य सामाग्रीको सहज आपूर्ति व्यवस्था भईरहेको नेपाली सेनाले गरेको जानकारी गराईन्छ ।