पूर्वाञ्चलमा बाढीले डुवान परेका क्षेत्रहरुमा उद्धार कार्य

१. आज मिति २०७० असार २५ गते पूर्वाञ्चलको सुनसरी तथा झापा जिल्लामा वर्षाको कारण आएको बाढीबाट प्रभावित ईलाकामा उद्धार कार्यको लागि नेपाली सेना परिचालन भएको छ । २. सुनसरी जिल्ला स्थित ईटहरीबाट ७ कि.मि. दक्षिणतर्फ रहेको बुढीखोला, ७ कि.मि. दक्षिणपूर्व पर्ने ट्याङग्रा खोला र धरानबाट ३ कि.मि. पूर्व पर्ने सेउती खोलामा आएको बाढीबाट डुवानमा परेका क्षेत्रहरुमा उद्धार कार्यको लागि श्री बटुकदल गणबाट आजको ०९३० बजेदेखि फौज परिचालन भएको छ । यसैगरी, ईटहरीबाट १ कि.मि. दक्षिणमा पर्ने राधाकृष्ण मन्दिर समेत डुवानमा परेको हुंदा उद्धार कार्य जारी रहेको छ । ३. यसैगरी, दमकबाट ३ कि.मि. पूर्व रहेको देउली खोलाले लखनपुर गा.वि.स.–१ पाराजुङ्गेमा कलभर्ट बगाई गाउं डुवानमा परेको र चारआलीबाट दक्षिणतर्फ ३० कि.मि. मा पर्ने डांगीबारी ईलाका समेत डुवानमा परेको हुंदा यी दुवै प्रभावित क्षेत्रहरुमा ११०० बजेदेखि श्री ईन्द्रध्वज गणबाट उद्धार कार्यको लागि फौज परिचालन भएको छ । हाल उक्त प्रभावित ईलाकाहरुमा नेपाली सेनाका २०० फौज उद्धार कार्यमा संलग्न रहेका छन् । ४. यसैगरी, बाढीको सुदूर पश्चिमाञ्चलको दत्तुदेखि खलंगासम्म नेपाली सेनाको हेलिकप्टरद्धारा आज ७,३५० के.जी. चामल खलंगा पु¥याईएको छ । नेपाल खाद्य संस्थानद्धारा दत्तुमा भण्डार गरेको ३०,००० के.जी. चामल ढुवानी गर्ने कार्य आज पुरा भएको छ ।