प्रधानसेनापति र नवनियुक्त बेलायती सैनिक सहचारीबीच शिष्टाचार भेटवार्ता

१. आज मिति २०७० आषाढ ३१ गते प्रधासेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. र काठमाण्डौस्थित बेलायती राजदुतावासमा कार्यरत नव नियुक्त सैनिक सहचारी Colonel Sean Patrick Harris बीच जंगी अड्डामा शिष्टाचार भेटघाट सम्पन्न भएको छ । २. उक्त भेटघाटका क्रममा प्रधानसेनापति महारथी श्री राणा र नेपालका लागि नवनियुक्त बेलायती राजदुतावासका सैनिक सहचारीबीच नेपाल र बेलायतबीचको ऐतिहासिक र द्धिपक्षिय कुटनैतिक सम्बन्धका विषयमा छलफल भएको थियो ।