शान्ति मिशनमा तैनाथ तीन नेपाली सैनिकहरु घाईते

१. संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ कार्यको लागि MONUSCO Mission Congo मा तैनाथ श्री भैरवीदल गण १८ औं डफ्फामा खटिएका श्री नारायण दल गणका ३ जना सैनिकहरु मिति २०७० असार ३० गतेको ११०० बजे गस्ति जाने क्रममा गण हे.क्वा. Mavivi बाट उत्तर तर्फ पर्ने Mbao भन्ने ईलाकामा Allied Democratic Front (ADF) भन्ने विद्रोही समुहको एम्बुसमा परी घाईते भएका छन् । २. उक्त टोली गण हे.कवा.बाट १०० कि.मि. उत्तर पूर्वमा पर्ने Kamango ईलाकातर्फ गस्ती जाने क्रममा Mbao बाट १० कि.मि. पूर्व लागेपछि एम्बुसमा परेका थिए । उक्त घटनामा ३ जना सैनिकहरु घाईते हुनुका साथै १ Land Cruiser गाडी तथा १ Mine Protective Vehicle (MPV) समेत क्षति भएको छ । हाल उक्त ईलाकामा संयुक्त राष्ट्रसंघीय फौज परिचालित रहेका छन् । ३. घाईते सैनिक जवानहरुको अवस्था खतरामुक्त रहेको छ ।