प्रधानसेनापति प्रथम राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०७०

१. नेपाली सेनाको आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा मिति २०७० श्रावण १४ गतेदेखि ऐ. १८ गतेसम्म जंगी अड्डा अगाडीको खेल मैदानमा “प्रधानसेनापति प्रथम राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०७०” संचालन गरिने कार्यक्रम रहेको छ । २. उक्त प्रतियोगितामा त्रिभुवन आर्मी क्लव, नेपाल प्रहरी, सशस्त्र प्रहरी, पूर्वाञ्चल, मध्यामाञ्चल, पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदुर पश्चिमाञ्चल गरी कुल ८ वटा टिमले भाग लिने छन् । उक्त प्रतियोगिता नकआउटको आधारमा संचालन गरिने छ । ३. नेपाली सेनाले प्रथम पटक यस प्रकारको प्रतियोगिता संचालन गर्न लागेको हो । यस प्रतियोगिताबाट राष्ट्रिय स्तरका दक्ष महिला खेलाडी उत्पादन गर्न मद्धत पुग्ने बिश्वास लिईएको छ । ४. अन्य बिस्तृत कार्यक्रमबारे निकट भविष्यमा जानकारी गराईने छ ।