प्रधानसेनापति श्री गौरव शम्शेर ज.ब.रा.को औपचारिक आसन्न चीन भ्रमण सम्बन्धमा

१. प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा सहित ५ सदस्यीय भ्रमणदल भोली श्रावण ४ गते देखि श्रावण १३ गते सम्म छिमेकी मित्र राष्ट्र जनवादी गणतन्त्र चीनका जनमुक्ति सेनाका Chief of General Staff, General Fang Fenghui को औपचारिक निमन्त्रणामा सप्ताहव्यापी भ्रमणका लागि चीनतर्फ प्रस्थान हुने कार्यक्रम रहेको छ । २. नेपाल र मित्रराष्ट्र चीनबीच सधियौं पुरानो मैत्रीपूर्ण सम्बन्धलाई निरन्तरता दिंदै सन् १९५५ मा नेपाल र चीनबीच कुटनितिक सम्बन्ध स्थापना भए पश्चात दुई देशबीच राजनीतिक तथा सैनिक नेतृत्वहरुको तहका भ्रमणहरुले निरन्तरता पाईरहेको सर्व विदितै छ । ३. उक्त द्धिपक्षिय आपसी सम्बन्धको कडीको रुपमा नेपाली सेनाका प्रधानसेनापतिले छिमेकी मित्रराष्ट्रहरुको भ्रमण गर्ने परम्परा अनुसार विगतमा छिमेकी मित्रराष्ट्र भारतको भ्रमण सम्पन्न गरी हाल मित्रराष्ट्र चीनको औपचारिक निमन्त्रणामा चीनको भ्रमण हुन लागेको हो । यस भ्रमण दुई देशका सेनाबीचको मित्रता र सद्भावको निरन्तरता हो । ४. यस भ्रमणका क्रममा प्रधानसेनापति श्री राणालेDeputy Chairman of Central Military Commission Air Chief Marshal Xu Qiliang, Chief of the General Staff of PLA, General Fang Fenghui, Shaanxi Military Region, Nanjing Military Region का उच्च सैनिक पदाधिकारीहरुसंग भेटघाट गर्ने कार्यक्रम रहेको छ । सोही क्रममा ँFirst Hospital Affiliated to Fourth Military Medical University, Command And Staff College, Nanjing Army Command College र Yunnan Military Region को भ्रमण गर्नुका साथै सो अवसरमा विभिन्न प्रान्तिय सैनिक उच्च अधिकृतहरुसंग भेटघाट गर्ने कार्यक्रम रहेको छ । ५. यही भ्रमणको सिलसिलामा चीनले नेपाली सेनालाई २ वटा मोवाइल हस्पिटल सहयोग स्वरुप प्रदान गर्ने protocol मा हस्ताक्षर हुने कार्यक्रम रहेको छ । सन् २०११ मा भएको सम्झौता बमोजिम एक सय मिलियन RMB को बांकी अंश (५९ मिलियन RMB ) बराबरको यी सामाग्रीहरु नेपाली सेनालाई उपलब्ध हुन लागेको हो । यस प्रकृतिको Mobile Hospital प्राकृतिक विपद् व्यवस्थापन कार्यमा अति नै उपयोगी हुने गर्दछ ।