प्रधानसेनापति सप्ताहव्यापी भ्रमणको लागि चीन प्रस्थान

१. छिमेकी मित्र राष्ट्र जनवादी गणतन्त्र चीनका चीनिया जनमुक्ति सेनाका Chief of General Staff General Fang Feng को औपचारिक निमन्त्रणामा प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा आज मिति २०७० श्रावण द्ध गतेको १३३० बजे चीनतर्फ प्रस्थान गर्नुभएको छ । प्रधानसेनापति राणालाई चीन प्रस्थान गर्नुपूर्व सैनिक सम्मान स्वरुप सैनिक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । साथै सो अवसरमा बिदाईका लागि नेपालका लागि मित्रराष्ट्र चीनका महामहिम राजदू तMr Wu Chuntai, रथीबृन्द, रक्षा मन्त्रालयका उच्च पदस्थ अधिकारी तथा बिदेशी नियोगका सैनिक सहचारीहरुको समेत उपस्थिती रहेको थियो । २. उक्त भ्रमणमा युद्धकार्य महानिर्देशक उपरथी श्री पवन बहादुर पाण्डे, मेडिकल रथीबृन्द प्राविधिक सहायक रथी डा. श्री बच्चुराम के.सी., स्टाफ अधिकृत र प्रधानसेनापतिका पाश्र्वबती समाबेश रहेका छन् । ३. नेपाल र मित्रराष्ट्र चीनबीच सदियौ पुरानो मैत्रीपूर्ण सम्बन्धलाई निरन्तरता दिंदै सन् १९५५ मा नेपाल र चीनबीच कुटनितिक सम्बन्ध स्थापना भए पश्चात दुई देशबीच राजनीतिक तथा सैनिक नेतृत्वहरुको भ्रमणहरुले निरन्तरता पाईरहेको छ । यसै शिलसिलामा प्रधानसेनापतिज्यूको यस चिन भ्रमणले पनि दुई देशविचको सम्बन्धलाई अझ मजबुत र प्रगाढ बनाउने बिश्वास लिईएको छ । ४. प्रधानसेनापतिको अनुपस्थितीमा बलाध्यक्ष रथी श्री नेत्र बहादुर थापाले का.मु. प्रधानसेनापतिको कार्य सम्हाल्नु हुनेछ ।