प्रधानसेनापति श्री गौरव शम्शेर ज.ब.रा. र Vice Chairman of Central Military Commission, Air Chief Marshal Xu Qiliang बीच भेटवार्ता

१. चिनिया जनमुक्ति सेनाका Chief of General Staff General Fang Fenghui को औपचारिक निमन्त्रणामा छिमेकी मित्र राष्ट्र चीनको भ्रमणमा रहनु भएका प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा.ले चीनको राजधानी बेईजिङ्गस्थित Bayi हलमा आज मिति २०७० श्रावण ७ गते चीनका Vice Chairman of Central Military Commission, Air Chief Marshal Xu Qiliang संग भेटवार्ता गर्नु भएको छ । सो अवसरमा दुई देश र सैनिक संगठनबीचको लामो ऐतिहासिक सम्बन्ध र एक आपसका द्धिपक्षिय हित र सहयोगको विषयमा कुराकानी गर्नु भएको थियो । उक्त अवसरमा चीनका तर्फबाट Deputy Chief of General Staff Lt Gen Wang Guan Zhong, Chief of Medical Department of General Logistics Department Maj Gen Reh Guo Quan, Deputy Chief of Operation Department of General Staff HQ Maj Gen Guo Yu Lin र Deputy Chief of Foreign Affairs Office Maj Gen Ci Guo Wei हरुको समेत उपस्थिति रहेको थियो । २. उक्त भ्रमणको दौरान आजै भएको अर्काे कार्यक्रममा प्रधानसेनापति श्री राणालाई मित्रराष्ट्र चीनको जनमुक्ति सेनाका स्थल सेना, वायु सेना र जल सेनाका छुट्टाछुट्टै टुकडीले संयुक्त रुपमा सम्मान–गारत प्रदान गरेको थियो । उक्त स्वागत कार्यक्रममा चिनियां जनमुक्ति सेनाका Chief of General Staff, General Fang Fanghui को उपस्थिति रहेको थियो । ३. साथै प्रधानसेनापतिबाट चिनियां जनमुक्ति सेनाका Chief of General Staff, General Fang Fanghui संग छुट्टै भेटवार्ता भएको छ । यस अवसरमा आपसी द्धिपक्षिय हित एवं सैनिक सम्बन्ध र सहयोगका क्षेत्रमा कुराकानी भएको छ । ४. त्यसैगरी, चिनियां सरकारका तर्फबाट नेपाली सेनालाई सहयोग स्वरुप ५९ मिलयन RMB बराबरको २ वटा मोवाईल अस्पतालको Protocol मा प्रधानसेनापति श्री राणाद्धारा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ । यसैगरी, चिनियां सरकारको तर्फबाट नेपाली सेनालाई ५० मिलियन RMB बराबरको थप सहायता निकट भविष्यमा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त भएको छ । ५. साथै उपरोक्त समारोहहरुमा नेपालका लागि चिनियां सैनिक सहचारी र चीनका लागि नेपाली सैनिक सहचारीको समेत उपस्थिति रहेको थियो ।