प्रधानसेनापति श्री गौरव शम्शेर ज.ब.रा. र Nanjing Military Region को Commander Lt. Gen Cai Yingting संग भेटवार्ता

१. चिनियां जनमुक्ति सेनाका Chief of General Staff General Fang Fenghui को औपचारिक निमन्त्रणामा छिमेकी मित्र राष्ट्र चीनको भ्रमणमा रहनु भएका प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा.ले हिजो Nanjing Military Region का Commander Lt.Gen Cai Yingting संग भेटवार्ता गर्नु भएको थियो । २. प्रधानसेनापति श्री राणाले आज Nanjing Army Command College को भ्रमण तथा अवलोकन गर्नु भएको छ । उक्त अवसरमा सो कलेजका कमाण्डाण्ट लगायत अन्य अधिकारीहरुसंग भेटघाट तथा अन्तरक्रिया गर्नु भई उक्त कलेजको बारेमा जानकारी हासिल गर्नु भयो । ३. साथै प्रधानसेनापति श्री राणा आजै चिनियां वायुसेनाको विशेष जहाजबाट Kunming तर्फ प्रस्थान गर्नु हुने कार्यक्रम रहेको छ ।