“प्रधानसेनापति प्रथम राष्ट्रिय महिला फुटवल प्रतियोगिता २०७०”

१. नेपाली सेनाको आयोजना तथा अखिल नेपाल फुटवल संघको प्राविधिक सहयोगमा मिति २०७० श्रावण १४ गतेबाट ऐ.१८ गते सम्म जंगी अड्डा अगाडीको खेल मैदान तथा अखिल नेपाल फुटवल संघको समन्वयमा संघले निर्धारण गरेको खेल मैदानमा “प्रधानसेनापति प्रथम राष्ट्रिय महिला फुटवल प्रतियोगिता २०७०” संचालन गरिने कार्यक्रम रहेको छ । २. उक्त प्रतियोगितामा त्रिभुवन आर्मी महिला फुटवल टिम, नेपाल प्रहरी महिला फुटवल टिम, सशस्त्र प्रहरी महिला फुटवल टिम, पूर्वाञ्चल महिला फुटवल टिम, मध्यामाञ्चल महिला फुटवल टिम, पश्चिमाञ्चल महिला फुटवल टिम, मध्य पश्चिमाञ्चल महिला फुटवल टिम र सुदुर पश्चिमाञ्चल महिला फुटवल टिम गरी कुल ८ वटा टिमले भाग लिनेछन् । प्रतियोगिता नकआउटको आधारमा संचालन गरिनेछ । ३. प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने टिमलाई क्रमशः नगद रु.३,००,००० (तीनलाख) र शिल्ड, १,५०,००० (एकलाख पचास हजार) र ७५,००० (पचहत्तर हजार) प्रदान गरिनुका साथै १८ जना खेलाडी, २ जना अफिसियल (टिम मेनेजर र प्रशिक्षक) हरु गरी जम्मा २० जनालाई पदक तथा प्रमाण–पत्र प्रदान गरिनेछ । साथै उत्कृट चार पोजिसन खेल्ने (किपर–१, डिफेन्स–१, मिड फिल्डर–१ र फर्वार्ड–१) तथा उत्कृष्ट प्रशिक्षक १ गरि ५ जनालाई जनही रु.१०००० (दश हजार) रुपैया र प्रमाण–पत्र प्रदान गरिनेछ । प्रतियोगिता अवधिभर उत्कृष्ट खेल खेल्ने १ जनालाई स्कुटर प्रदान गरिनेछ । ४. प्रतियोगितामा सहभागी हुन आउने सबै विकास क्षेत्रका महिला खेलाडीहरुलाई नेपाली सेनाले खाने, बस्ने, बसभाडा लगायतका बन्दोबस्त गर्ने भएको छ । ५. सो सम्बन्धमा नेपाली सेनाले आज मिति २०७० श्रावण १० गते जंगी अड्डामा पत्रकार सम्मेलनको आयोजना गरेको थियो । उक्त सम्मेलनमा अखिल नेपाल फुटबल संघका उपाध्यक्ष ललित कृष्ण श्रेष्ठ, एन्फाका महासचिव धिरेन प्रधान तथा महिला फुटबल समितिका अध्यक्ष कल्पना पियाको समेत उपस्थिती रहेको थियो । यस प्रतियोगितालाई निरन्तर रुपमा संचालन गरिंदै लगिने र आगामी वर्षहरुमा सकेसम्म यस प्रकारको प्रतियोगितालाई व्यापकता कायम गर्दै संचालन गर्ने योजना रहेको छ ।