प्रधानसेनापति श्री गौरव शम्शेर ज.ब.रा. र Nanjing Army Command College का Political Commissar Maj. Gen. Li Aiping न संग भेटवार्ता

१. चिनियां जनमुक्ति सेनाका Chief of General Staff General Fang Fenghui को औपचारिक निमन्त्रणामा छिमेकी मित्र राष्ट्र चीनको भ्रमणमा रहनु भएका प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा.ले हिजो Nanjing Army Command College को अवलोकन भ्रमण गर्नु भएको छ । सो अवसरमा उक्त कलेजका Political Commissar Maj. Gen. Li Aiping संग भेटवार्ता गर्नु भएको थियो । २. हिजै चिनियां वायुसेनाको विशेष विमानबाट Kunming तर्फ प्रस्थान गर्नु भएका प्रधानसेनापति श्री राणाले आज Yunnan Ethnic Village को अवलोकन भ्रमण गर्नु भई उक्त Village बारे जानकारी हासिल गर्नु भयो । ३. साथै प्रधानसेनापति श्री राणाले आज Yunnan Military Region का कमाण्डर Lt. Gen. Zhao Xiaonan संग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।