प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा. सप्ताहव्यापी चीन भ्रमण सम्पन्न गरी स्वेदश फिर्ता

१. चिनियाँ जनमुक्ति सेनाका Chief of General Staff General Fang Fenghui को औपचारिक निमन्त्रणामा छिमेकी मित्रराष्ट्र चीनको भ्रमणमा यहि मिति २०७० श्रावण ४ गते चीनतर्फ प्रस्थान गर्नुभएका प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा. चीन भ्रमण सम्पन्न गरी आज अपरान्ह नेपाल फिर्ता हुनुभएको छ । उहाँलाई बलाध्यक्ष रथी श्री नेत्र बहादुर थापाले स्वागत गर्नु भएको थियो । साथै उक्त अवसरमा नेपालका लागि चिनियां महामहित राजदुत Hu CHuntai र वहांकी श्रीमती, रथीबृन्द, रक्षा मन्त्रालयका उच्च पदस्थ अधिकारी तथा नेपाल स्थित विभिन्न राष्ट्रका सैनिक सहचारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भएको थियो । सो अवसरमा प्रधानसेनापतिको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मानगारत अर्पण गरेको थियो । २. चीन भ्रमणको दौरान प्रधानसेनापतिबाट चीनका उच्चपदस्थ सैनिक अधिकारीहरुसंग भेटघाट गर्ने क्रममा चीनका Vice Chairman of Central Military Commission, Air Chief Marshal Xu Qiliang, चीनियाँ सेनाका Chief of General Staff, General Fang Fenghui संग भेटवार्ता गर्नु भएको थियो । उक्त भेटवार्ताका क्रममा Gen Fang ले नेपाल र चीन बीच मञ्जुश्री, सङ्गसेन गम्पो, भृकृटी र अरनिको देखिको ईतिहास पर्यन्त सम्बन्धबारे उल्लेख गर्दै आउंदा दिनहरुमा नेपाल र चीन बीचको द्धिपक्षिय सहयोग, मित्रता र आपसी सम्बन्ध अझ प्रगाढ रहने विश्वास जनमुक्ति सेनाको तर्फबाट हार्दिक स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । प्रधानसेनापति श्री राणाले चिनियां जनमुक्ति सेनाका प्रमुख संगको भेटघाटमा आपसी पारस्परिक सम्बन्ध, क्षेत्रिय बस्तुस्थिति र नेपाल चीनबीच रहंदै आएको द्धिपक्षिय गहिरो मित्रता एवं सम्बन्धका विषयमा धारणा राख्नु भएको थियो । प्रधानसेनापति श्री राणाले हालै चीनको Gansu मा गएको भुकम्पबाट हुन गएको जनधनको क्षतिबारे दुख व्यक्त गर्दै भ्रमणको दौरान चीनले गरेको आतिथ्य र सहयोगप्रति सरहाना व्यक्त गर्नु भएको थियो । ३. साथै प्रधानसेनापति श्री राणाले उक्त भ्रमणका दौरान Shanxi Military Region का Political Commissar Mr.Lin Miaoxin, Nanjing Military Region का Commander Lt.Gen Cai Yingting, Nanjing Army Command College का Political Commissar Maj Gen Li Aiping र Yunnan Military Region का का कमाण्डर Maj Gen Zhao Xiaonan संग स्थलगत भ्रमणको क्रममा द्धिपक्षिय आपसी हित र सहयोगको विषयमा भेटवार्ता गर्नु भएको थियो । ४. प्रधानसेनापतिबाट भ्रमणको क्रममा चिनियाँ जनमुक्ति सेनाको Shaansi स्थित First Hospital affiliated to Fourth Military Medical University, Nanjing स्थित Nanjing Army Command College क्जबबलकष् स्थित को विस्तृतमा अवलोकन भ्रमण गरी जानकारी हासिल गर्नु भएको थियो । उक्त अवसरमा प्रधानसेनापति श्री राणालाई उक्त अस्पताल र Army Command College मा ब्रिफिङ्ग गरी University तथा College भित्रका प्रशासनिक तथा प्रशिक्षण क्रियाकलाप सहितको अवलोकन गराईएको थियो । ५. सोही भ्रमणको दौरान प्रधानसेनापति र चिनियाँ जनमुक्ति सेनाका प्रमुख General Fang Fenghui बीच नेपाली सेनालाई चिनियाँ जनमुक्ति सेनाको तर्फबाट दुईवटा मोवाईल अस्पतालको सहयोग सम्बन्धि Protocol मा हस्ताक्षर भएको थियो । साथै उक्त भेटघाटमा चिनियाँ सरकारका तर्फबाट ५० मिलियन RMB बराबरको थप सैनिक सहायता प्रदान गर्ने प्रतिवद्धता समेत व्यक्त भएको थियो । चिनियां पक्षले आगामी दिनहरुमा पनि नेपालका लागि सहयोग प्रदान गर्ने तत्परता प्रकट गरेको छ । ६. यस भ्रमणबाट दुई देशबीच सदियौं पुरानो मैत्रिपुर्ण सम्बन्धलाई अझ मजबुत र प्रगाढ बनाउन सहायकसिद्ध भएको छ । साथै यस भ्रमणबाट चिनियाँ जनमुक्ति सेना र नेपाली सेनाबीचको सद्भाव, सम्बन्ध र सहयोगको क्षेत्रमा मा नयाँ आयाम थपिएको विश्वास गरिएको छ ।