“प्रधानसेनापति प्रथम राष्ट्रिय महिला फुटवल प्रतियोगिता २०७०” शुभारम्भ

१. आज मिति २०७० श्रावण १४ गते “प्रधानसेनापति प्रथम राष्ट्रिय महिला फुटवल प्रतियोगिता २०७०” को बलाध्यक्ष रथी नेत्र बहादुर थापाले निर्णायक मण्डललाई फुटवल हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गर्नु भएको छ । २. जंगी अड्डास्थित खेल मैदानमा आज सम्पन्न पहिलो खेलमा त्रिभुवन आर्मी महिला फुटवल टिम र पश्चिमाञ्चल महिला फुटवल टिमको प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा त्रिभुवन आर्मी महिला फुटवल टिमले पश्चिमाञ्चल महिला फुटवल टिमलाई १४–० को गोल अन्तरले पराजित गरेको छ । आजै सम्पन्न दोश्रो खेलमा सुदुरपश्चिमाञ्चल महिला फुटवल टिम र पुर्वाञ्चल महिला फुटवल टिमबीच भएको दोस्रो खेल दुई दुई गोलको बराबरी भएको हुंदा टाईब्रेकरमा सुदुरपश्चिमाञ्चल महिला फुटबल टिम ५–३ गोल अन्तरले बिजयी भएको छ । आज भएको पहिलो खेलमा दिपा अधिकारी र सपना लामाले ४/४ गोल, कृष्णा खत्री र भुजुङ्गा राई २/२ गोल र ईन्दिरा राई र कविता धिमालले १/१ गोल गरेका थिए । ३. उक्त समुद्घाटन कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा सेनानी समुह, सशस्त्र प्रहरी बलका उच्चस्तरीय अधिकारी, अखिल नेपाल फुटवल संघ (एन्फा) का अध्यक्ष गणेश थापा लगायत संघका अन्य पदाधिकारीहरु, राष्ट्रिय महिला फुटवल संघका पदाधिकारीहरु एवं सर्वसाधारण दर्शकहरुको समेत उल्लेख्य उपस्थिीती रहेको थियो । ४. मिति २०७० श्रावण १४ गतेदेखि ऐ.१८ गते सम्म संचालन हुने उक्त प्रतियोगितामा पांचै विकाश क्षेत्रका महिला फुटवल टिम लगायत, त्रिभुवन आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी महिला फुटवल टिम गरी कुल ८ वटा टिमले भाग लिएका छन भने प्रतियोगिता नकआउटको आधारमा संचालन भईरहेको छ । ५. भोलि अपरान्हको दोस्रो खेल मध्य पश्चिमाञ्चल टिम र सशस्त्र प्रहरी टिमबीच बिहान ०८०० बजे संचालन हुने कार्यक्रम रहेको छ । साफ अण्डर १६ को फाईनल खेलसंग कार्यक्रम जुध्न गएको हुंदा भोलिको दोस्रो खेल बिहानको लागि सारिएको हो । भोलिको पहिलो खेल १३०० बजे नेपाल पुलिस र मध्यमाञ्चलका बीच हुने कार्यक्रम रहेको छ ।