“प्रधानसेनापति प्रथम राष्ट्रिय महिला फुटवल प्रतियोगिता २०७०”

१. नेपाली सेनाद्धारा आयोजित “प्रधानसेनापति प्रथम राष्ट्रिय महिला फुटवल प्रतियोगिता २०७०” अन्तर्गत आज मिति २०७० श्रावण १५ गतेको ०८०० बजे जंगी अड्डा स्थित खेल मैदानमा भएको पहिलो खेलमा सशस्त्र प्रहरी महिला फुटवल टिमले मध्यपश्चिमाञ्चल महिला फुटवल टिमलाई १९–० गोल अन्तरले पराजित गरी सेमिफाईनलमा प्रवेश गरेको छ । २. उक्त खेलमा सशस्त्र प्रहरी महिला फुटवल टिमको तर्फबाट सजना राना मगरले ५ गोल, अनु लामा, प्रमिला राई, लक्ष्मी कुमारी पौडेल र अनिता बस्नेतले ३/३ गोल र रेनुका नगरकोटी र सपना राईले १/१ गोल गरेका थिए । ३. आजको दोश्रो खेल अपरान्ह १३०० बजे जंगी अड्डास्थित खेल मैदानमा नेपाल पुलिस महिला फुटवल टिम र मध्यमाञ्चल महिला फुटवल टिमबीच हुनेछ ।