“प्रधानसेनापति प्रथम राष्ट्रिय महिला फुटवल प्रतियोगिता २०७०”

१. नेपाली सेनाद्धारा आयोजित “प्रधानसेनापति प्रथम राष्ट्रिय महिला फुटवल प्रतियोगिता २०७०” अन्तर्गत आज मिति २०७० श्रावण १५ गतेको १५०० बजे जंगी अड्डा स्थित खेल मैदानमा भएको दोस्रो खेलमा नेपाल पुलिस महिला फुटवल टिमले मध्यमाञ्चल महिला फुटवल टिमलाई १३–० गोल अन्तरले पराजित गरी सेमिफाईनलमा प्रवेश गरेको छ । २. उक्त खेलमा नेपाल पुलिस महिला फुटवल टिमको तर्फबाट निरु थापाले ६ गोल, चन्द्रा भण्डारी र रुपा मगरले २/२ गोल, ईन्दिरा कुवर, यसोदा लामा र सपना थेवले १/१ गोल गरेका थिए । बर्षाको कारण खेल निर्धारित समय भन्दा डेढ घण्टा ढिलो हुन गएको थियो । ३. भोलि मिति २०७० श्रावण १६ गते अपरान्ह १३०० बजे पहिलो सेमिफाईनल खेल त्रिभुवन आर्मी महिला फुटवल टिम र सुदुरपश्चिमाञ्चल महिला फुटवल टिमबीच हुनेछ र दोश्रो सेमिफाईनल खेल अपरान्ह १५३० बजे र सशस्त्र प्रहरी महिला फुटवल टिम र नेपाल पुलिस महिला फुटवल टिमबीच हुनेछ । बर्षाका कारण जंगी अड्डास्थित खेल मैदानमा खेल संचालन हुन नसकेमा लगनखेल स्थित खेल मैदानमा संचालन गरिने छ ।