“प्रधानसेनापति प्रथम राष्ट्रिय महिला फुटवल प्रतियोगिता २०७०”

१. नेपाली सेनाद्धारा आयोजित “प्रधानसेनापति प्रथम राष्ट्रिय महिला फुटवल प्रतियोगिता २०७०” अन्तर्गत आज मिति २०७० श्रावण १६ गतेको १३०० बजे जंगी अड्डा स्थित खेल मैदानमा भएको पहिलो सेमिफाईनल खेलमा त्रिभुवन आर्मी महिला फुटवल टिमले सुदुरपश्चिमाञ्चल महिला फुटवल टिमलाई ५–१ को गोल अन्तरले पराजित गरी फाईनलमा प्रवेश गरेको छ । उक्त खेलमा त्रिभुवन आर्मी महिला फुटवल टिमका तर्फबाट कृष्णा खत्रीले २ गोल तथा विपा अधिकारी, कविता धिमाल र भुजुङ्गा राईले १/१ गोल गरेका थिए भने सुदुर पश्चिमाञ्चल महिला फुटवल टिमकी मिना चौधरीले १ गोल गरेकी थिईन् । २. यसै गरी आजै १५३० बजे देखि भएको दोश्रो सेमिफाईनल खेलमा नेपाल पुलिस महिला फुटवल टिमले सशस्त्र प्रहरी महिला फुटवल टिमलाई ३–१ को गोल अन्तरले पराजित गरी फाईनलमा प्रवेश गरेको छ । उक्त खेलमा नेपाल पुलिस महिला फुटवल टिमको तर्फबाट निरु थापाले २ गोल र रुपा मगरले १ गोल गरेका थिए भने सशस्त्र प्रहरी महिला फुटवल टिमको तर्फबाट अनु लामाले १ गोल गरेकी थिईन् । ३. भोलि मिति २०७० श्रावण १७ गते तेश्रो स्थानको लागि लगनखेलस्थित सैनिक खेलकुद तथा शारिरीक तालिम केन्द्रको खेल मैदानमा अपरान्ह १३०० बजे सुदुर पश्चिमाञ्चल महिला फुटवल टिम र सशस्त्र प्रहरी महिला टिमबीच खेल हुने कार्यक्रम रहेको छ ।