“प्रधानसेनापति प्रथम राष्ट्रिय महिला फुटवल प्रतियोगिता २०७०”

१. नेपाली सेनाद्धारा आयोजित “प्रधानसेनापति प्रथम राष्ट्रिय महिला फुटवल प्रतियोगिता २०७०” अन्तर्गत आज मिति २०७० श्रावण १७ गतेको १३०० बजे लगनखेलस्थित सैनिक खेलकुद तथा शारिरीक तालिम केन्द्रको खेल मैदानमा तेस्रो स्थानको लागि भएको खेलमा सशस्त्र प्रहरी महिला फुटवल टिमले सुदुरपश्चिमाञ्चल महिला फुटवल टिमलाई ११–० गोल अन्तरले पराजित गरी तेश्रो स्थान हासिल गर्न सफल भएको छ । उक्त खेलमा सशस्त्र महिला फुटवल टिमका तर्फबाट सजना रानाले ६ गोल, अनु लामाले २ गोल, प्रमिला राई र रेणुका नगरकोटीले १/१ गोल गरेका थिए भने १ गोल आत्मघाती भएको थियो । २. भोलि मिति २०७० श्रावण १८ गते अपरान्ह १५०० बजे जंगी अड्डास्थित खेल मैदानमा “प्रधानसेनापति प्रथम राष्ट्रिय महिला फुटवल प्रतियोगिता २०७०” को उपाधिको लागि त्रिभुवन आर्मी महिला फुटवल टिम र नेपाल पुलिस महिला फुटवल टिमबीच फाईनल खेल तथा पुरस्कार वितरणको कार्यक्रम रहेको छ ।