श्री पशुपतिनाथ मन्दिर परिसरमा “सैनिक सेवा केन्द्र” शुभारम्भ

१. प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले आज मिति २०७० श्रावण २९ गते नेपाली सेनाको आफ्नै श्रोत र साधनद्धारा पुनः निर्माण गरिएको पशुपति क्षेत्रमा अवस्थित श्री उपेन्द्रश्वर महादेव सत्तल परिसर र तलेजु सत्तल परिसरमा “सैनिक सेवा केन्द्र” को एक बिशेष समारोहका बीच शुभारम्भ भएको छ । २. नेपाली सेनाको कल्याणकारी कोषबाट संचालित “सैनिक सेवा केन्द्र” नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सैनिकहरुलाई श्री पशुपतिनाथमा गरिने पुजा, दान दातव्य, मृत्युपछि गरिने अन्तिम दाह संस्कार र काजक्रियाका लागि प्रयोगमा आउनेछ । साथै पशुपतिनाथको दर्शनार्थी भक्तजनहरुलाई सामान्य स्वास्थ्य परिक्षण सुविधा समेत उपलब्ध गराउने उद्देश्य रहेको छ । ३. सो अवसरमा “सैनिक सेवा केन्द्र” ईलाकामा बृक्षारोपण समेत सम्पन्न गरिएको छ । उक्त समारोहमा नेपाली सेनाका रथीबृन्द, अधिकृत, पदिक तथा अन्य दर्जाहरुको उपस्थिती रहेको थियो । ४. उक्त सेवा केन्द्रबाट सुविधा लिन चाहने व्यक्तिहरुले टेलिफोन नम्बर ०१–६९२४०९० मा सम्पर्क राख्न सकिनेछ ।