प्रधानसेनापतिबाट रथी पवन बहादुर पाण्डेलाई रथी दज्यार्नी चिन्ह प्रदान

१. प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले रथी दर्जामा पदोन्नती हुनु भएका उपरथी श्री पवन बहादुर पाण्डेलाई आज मिति २०७० भाद्र २ गते जंगी अड्डामा आयोजित एक विशेष समारोहका बीच रथीको दज्र्यानी चिन्ह प्रदान गर्नु भएको छ । गत महिना रथी श्री नेपाल भूषण चन्दले अवकाश प्राप्त गरेपछि रिक्त रथीमा उपरथी श्री पाण्डेलाई मिति २०७० श्रावण ३१ गतेको मन्त्रिपरिषद्को बैठकले बढुवा गर्ने निर्णय गरेको हो । २. मन्त्रीपरिषदको सोही बैठकले रथी श्री पाण्डेलाई बलाध्यक्ष रथीको जिम्मेवारी सम्हाल्ने गरी नियुिक्त गरेको छ । यस अघि वहां युद्धकार्य महानिर्देशकका रुपमा कार्यरत हुनुहुन्थ्यो ।