प्रधानसेनापति र अष्ट्रेलियाका महामहिम राजदुतबीच शिष्टाचार भेटवार्ता

१. आज मिति २०७० भाद्र ३ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. र नेपालका लागि अष्ट्रेलियाका नवनियुक्त महामहिम राजदुत Mr Glenn White बीच जंगी अड्डामा शिष्टाचार भेटघाट सम्पन्न भएको छ । २. उक्त भेटघाटका क्रममा प्रधानसेनापति महारथी श्री राणा र नवनियुक्त महामहिम राजदुतबीच द्धिपक्षिय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।