समायोजित अधिकृत आधार तालिममा सहभागी अधिकृतहरुलाई आयुक्त पद प्रदान

१. श्री सैनिक प्रतिष्ठान खरिपाटीमा संचालित अधिकृत समायोजन आधार तालिममा सहभागी ७० जना अधिकृत क्याडेटहरुको आज मिति २०७० भाद्र १० गते एक विशेष समारोहका बीच सम्माननीय मन्त्रिपरिषद्का अध्यक्ष श्री खिलराज रेग्मीबाट दिक्षान्त समारोहमा प्रदर्शन गरिएको अन्तिम कवाजको अवलोकन गर्नुका साथै नवआयुक्त अधिकृत क्याडेटहरुलाई आयुक्त पद प्रदान गर्ने कार्य सम्पन्न भएको छ । उक्त अवसरमा अध्यक्ष श्री रेग्मीलाई कवाजले सम्मान गारत अपर्ण गर्नुका साथै मार्च पास प्रदर्शन गरेको थियो । २. मन्त्रिपरिषद्का अध्यक्ष श्री रेग्मीले उक्त अवसरमा आयुक्त पद प्राप्त गर्ने अधिकृत क्याडेटहरुलाई सम्बोधन गर्दै नेपालको सार्वभौमसत्ता, अखण्डता र एकतालाई अक्षुण्ण बनाउदै नेपाली भूमिको रक्षार्थ क्रियाशिल नेपाली सेनाको संगठनमा आफुलाई सुम्पिएको जिम्मेवारीमा उच्च मनोबलका साथ सक्रिय रहन हौसला, प्रोत्साहन र प्रेरणा प्राप्त भईरहोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको थियो । द्वन्दको शान्तिपूर्ण रुपान्तरण गरी शान्ति प्रक्रियासंग जोडिएको सेना समायोजनको महत्वपुर्ण कार्य सफलतापूर्वक सम्पन्न हुनु हामी सबैका लागि सन्तोषको बिषय भएको कुरा वहाँले बताउनु भयो । साथै, विभिन्न समयमा समायोजनका बिषयमा भएका निर्णयहरुको कार्यान्वयनमा महत्वपूर्ण योगदान गर्दै “हामी सबै नेपाली र नेपाली सेना सबै नेपालीको” भन्ने भावनात्मक सम्बन्ध र यथार्थलाई मूर्तरुप दिदै द्वन्दको शान्तिपूर्ण रुपान्तरण गरी नेपाली जनताको शान्तिप्रतिको चाहानालाई साकार तुल्याउन यस समारोहले बिशेष महत्व राख्दछ भन्ने बिचार व्यक्त गर्नुभयो । सोहि अवसरमा, नेपाली सेना लोकतन्त्र र सामाजिक परिवर्तनलाई समय सापेक्षरुपमा अंगिकार गर्दै नागरिकको मौलिक हक, अन्तर्राष्ट्रिय मानवीय कानुन, मानवअधिकार, विधिको शासन आदी बिषयहरुलाई सम्मान गर्दै राष्ट्रको पहरेदारको रुपमा स्थापित रहदै आएको छ । राष्ट्रिय विपत्ति र राष्ट्रिय संकटका समयमा समयले मागेको आवश्यकता अनुरुप आफुलाई परिचालन गरी राष्ट्रको बिकास निर्माणका कार्यहरुमा समेत आप्mनो क्षमता प्रदर्शन गर्दै आईरहेको नेपाली सेना सम्पुर्ण नेपालीहरुको साझा सम्पत्ति हो भन्ने युक्तिलाई चरितार्थ पार्दै हरेक क्षेत्र, वर्ग, धर्म, जातीलाई समाहित गर्दै आएको छ भन्ने बिचार व्यक्त गर्नुभएको थियो । साथै यस संगठनलाई अझ परिमार्जन र परिस्कृत पार्दै प्रभावकारी रुपमा संचालन गर्दै अगाडी बढनेछ भनी बिश्वास समेत व्यक्त गर्नुभएको थियो । ३. उक्त सम्बोधनको क्रममा अध्यक्ष श्री रेग्मीले श्री नेपाली सैनिक प्रतिष्ठानको आर्दश वाक्य “ज्ञान सेवा नेतृत्व” अनुरुप प्रशिक्षण दिई नेपाली सेनाको सुयोग्य एवं अनुशासित अधिकृतहरु उत्पादन गर्नु भएकोमा नेपाली सेनाका प्रधानसेनापति लगायत सम्पुर्ण नेपाली सेना तथा समायोजन समन्वय कार्यालयका पदाधिकारीहरु र तालिममा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग पु¥याउनु हुने नेपाली सैनिक प्रतिष्ठानका कमाण्डाण्ट, शिक्षक वर्ग तथा बौद्धिक ज्ञान अभिबृद्धि गर्दै अध्यापन तर्फ निरन्तर रुपमा योगदान दिने डिन, प्रोफेसरहरु लगायत आमन्त्रीत सबै पाहुनाहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्नु भएको थियो । ४. उक्त दिक्षान्त समारोहमा ४ महिला अधिकृत क्याडेट सहित जम्मा ७० जनाले आयुक्त पद प्राप्त गर्दै उप सेनानी दर्जाको दज्यार्नी चिन्ह प्राप्त गरेका छन् । नौं महिना अवधिको समायोजन अधिकृत आधार तालिममा सर्वोत्कृष्ट स्थान हासिल गरी प्रथम हुने अ.क्या. श्री केशव धामीलाई प्रमुख अतिथीले Sword of Honour र महिला तर्फ उत्कृष्ट स्थान हासिल गर्ने अ.क्या. मिना कुमारी बस्नेतलाई Best Women Officer Cadet"s Cane प्रदान गर्नुभएको थियोे । उक्त अवसरमा प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा.ले नवआयुक्त अधिकृत तथा तिनका परिवारजनहरुलाई बधाई तथा शुभकामना ज्ञापन गर्नुभएको थियो । ५. नेपाल र नेपालीको शान्ति र विकासको चाहानालाई मूर्तरुप दिन विगत लामो समयदेखि नेपाली सेनाले निर्वाह गरेको सकारात्मक, पेशेवार, जिम्मेवारपूर्ण, गहन, चुनौतीपूर्ण, ईमान्दारीपूर्ण र उत्तरदायी भूमिका र समायोजन प्रक्रियामा निर्वाह गरेको बिशेष भूमिकाले नेपालको ईतिहासमा चीरस्मरणीय अध्याय थपेको छ । राष्ट्र, जनता, राष्ट्रियता र नेपाली मात्रको शान्तिको चाहाना प्रतिको अविछिन्न जिम्मेवारी बोध गर्दै नेपाली सेनाले सेना समायोजन कार्यलाई सहजताका साथ सम्पादन गरेको छ । ६. उक्त कार्यक्रममा नेपाल सरकारका मन्त्रीहरु, पूर्व प्रधानमन्त्रिहरु, नेपाल सरकारका मुख्य सचिव, प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा., नेपाल सकारका सचिवहरु, विभिन्न मित्रराष्ट्रका महामहिम राजदुतहरु, अन्य सुरक्षा निकायका प्रमुखहरु, नेपाल स्थित संयक्त राष्ट्रसंघका पदाधिकारीहरु, विभिन्न राजनैतिक दलका नेताहरु, समायोजन बिशेष समितिका पूर्व सदस्यहरु, पुर्व प्रधानसेनापति तथा सैनिक प्रतिष्ठान खरिपाटीका पूर्व शिक्षाधिकृतहरु, नेपाली सेनाका रथीबृन्द तथा अधिकृत, विभिन्न विदेशी नियोगका सैनिक सहचारीहरु, सार्वजनिक क्षेत्रका लव्ध प्रतिष्ठित व्यक्तित्व तथा सुरक्षा बिज्ञहरु एवं आयुक्त पद प्राप्त गर्ने अधिकृत क्याडेटहरुको परिवारजनका साथै उल्लेख्य संख्यामा संचारकर्मीहरुको समेत उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा नेपाल भ्रमणमा रहनु भएका भारतिय सेनाका Lt Gen Vinod Bhatia, AVSM, SM को पनि उपस्थिती रहेको थियो ।