जंगी अड्डामा प्रधानसेनापति श्री गौरव शम्शेर ज.व.रा. संग भारतिय सेनाका Lt Gen Vinod Bhatia, AVSM, SM वीच भेटवार्ता

१. नेपाल भ्रमणमा रहनु भएका भारतिय सेनाका Lt Gen Vinod Bhatia, AVSM, SM (Director General of Military Operations) ले प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा.संग आज जंगी अड्डामा भेट गर्नुभयो । उक्त भेटघाटका क्रममा द्धिपक्षिय आपसी हितका बिषयहरुमा छलफल भएको थियो । २. साथै वहांले आजै जंगी अड्डामा बलाधिकृत, बलाध्यक्ष तथा सैनिक विनय महानिर्देशकसंग पनि भेट गर्नु भएको थियो । वहां भोली सैनिक उच्च शिखर शिक्षालय, कैसाङ्ग र पश्चिम पृतना हे.क्वा., पोखराको भ्रमणमा जाने कार्यक्रम रहेको छ । ३. मिति २०७० भाद्र ९ गते नेपाल आईपुग्नु भएका Lt Gen Bhatia मिति २०७० भाद्र १४ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।