प्रधानसेनापतिज्यूबाट शान्ति स्थापनार्थ खट्टिई जाने फौजको निरीक्षण तथा सम्बोधन

१. आज मिति २०७० भाद्र १८ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा.ले संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ UNIFIL Mission, Lebanon मा तैनाथ हुन जाने श्री भगवतीदल गण (शा.से.) ५४ औं डफ्फा र UNMISS Mission, South Sudan मा तैनाथ हुन जाने श्री ईन्द्रबक्स गण (शा.से.) तेस्रो डफ्फाद्वारा पाँचखालस्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा प्रस्तुत गरेको Pre Deployment तालिमको निरीक्षण तथा सम्बोधन गर्नु भयो । २. उक्त अवसरमा प्रधानसेनापति महारथी श्री राणाले नेपाली सेनाका परमसेनाधिपति सम्माननीय राष्ट्रपति डा.श्री रामवरण यादवको शुभकामना सन्देश पढेर सुनाउनु भएको थियो । उक्त सन्देशमा हाल बिश्वका विभिन्न द्वन्दरत राष्ट्रहरुमा संयुक्त राष्ट्रसंघले शान्ति कायम गर्न गरेको अतुलनीय प्रयासहरुमा नेपाल सरकारको पूर्ण समर्थन र सहयोग रहि आएको तथा योग्य सैनिकको रुपमा परिचय गराई आप्mनो पेशागत दक्षता, मानव अधिकारको उच्च सम्मान, प्रजातन्त्र र प्रजातान्त्रिक आचरण तथा मानवीय सहयोगको भावना राखी बिश्व शान्ति प्रति नेपालको प्रतिवद्धता सन्देश संसारमा फैलाउने कार्यमा सफल हुनेमा पुर्ण बिश्वास राख्दै पुर्ण सफलताको लागि शुभकामना व्यक्त गर्नुभएको छ । २. कार्यक्रममा प्रधानसेनापति महारथी श्री राणाले विगत ५५ वर्ष देखि शान्ति स्थापनामा योगदान पु¥याउंदै आएको नेपाली सेनाले हालसम्म ९७,००० सैनिकहरू ३९ वटा मिशनहरूमा खट्टिई विश्व शान्तिको लागि योगदान दिई सकेको र हाल १२ वटा विभिन्न मिशनहरूमा ३६४२ शान्ति सैनिकहरू कार्यरत रहेको उल्लेख गर्नु भयो । सोही अवसरमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को निर्णय अनुसार पश्चिम अफ्रिकी राष्ट्र मालीमा United Nations Multidimensional Integrated Stabilization Mission in Mali (MINUSMA) मा Explosive Ordnance Disposal (EOD) Company भविष्यमा तैनाथ गर्न तयारी भईरहेको समेत जानकारी गराउनु भयो । ३. विश्व शान्तिका खातिर हालसम्म आफ्नो जीवन उत्सर्ग गर्ने नेपाली सेनाका ५९ जना बहादुर सैनिकहरुप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै नेपाली शान्ति सैनिकहरुले देशको प्रतिनिधित्व गर्दै विदेशी भूमिमा आफ्नो पेशागत दक्षता, अनुशासन, कर्तव्य परायणता प्रदर्शन गर्नु पर्ने चुनौतिलाई प्रशंसनिय ढंगले पुरा गरी नेपाल र नेपालीको शिर विश्व सामु अझ उच्च राख्ने कुरामा जोड दिनु भएको छ । साथै UNIFIL Mission, Lebanon र UNMISS Mission, South Sudan मा डिप्लोई हुनु पूर्वको predeployment तालिमले मिशन ईलाकामा दिईएको जिम्मेवारी असरदार ढंगले पुरा गर्न सहयोग पुग्ने कुरामा विश्वास व्यक्त गर्दै predeployment तालिम संचालन गराउन सरिक हुनु भएका सम्पुर्ण अधिकृत, पदिक, विल्लादार तथा अन्य दर्जाहरुलाई धन्यबाद दिनु भएको थियो । ४. उक्त कार्यक्रममा रक्षा सचिव, नेपाली सेनाका उच्च पदस्थ अधिकृत, पदिक तथा अन्य दर्जाहरुको समेत उपस्थिति रहेको थियो ।