नेपाली सेना कल्याणकारी सम्बन्धी अन्तरक्रिया सम्पन्न

१. आज मिति २०७० भाद्र १७ गते जंगी अड्डामा आयोजित नेपाली सेना कल्याणकारी सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । २. कल्याणकारी कार्यमा टेवा पु¥याउन सैनिक कल्याणकारी कोषको संचालनमा आकर्षित सैनिक कल्याणकारी कोष नियमावली २०६५ र तदनुसार बनेका विधान र कार्यविधिहरु अनुरुप नेपाली सेना कल्याणकारी सम्बन्धी आयमुलक लगायत अन्य कल्याणकारी योजना सम्बन्धी प्रस्तुतीकरण कल्याणकारी योजना निर्देशकले गर्नु भएको थियो । ३. नेपाली सेनाका सकल दर्जा तथा आश्रित परिवारहरुलाई शिक्षा, औषधोपचार, विमा, परिवार आवास तथा सेवा मुलक कार्यहरुको संचालन, विस्तार एवं विकेन्द्रिकरण गर्नु आजको आवश्यकता रहेको छ । नेपाली सेनाको कल्याणकारी कोषको संचालन सम्बन्धी विधिको परिधि भित्र रही देशको कुना काप्चा सम्म फैलिएर रहेका अवकाश प्राप्त तथा बहालवाला र तिनका परिवारजनहरु सम्म कल्याणकारी कार्यको पहुंचलाई विस्तार गर्ने उद्देश्य राखिएको छ । यसबाट दिगो, आत्मनिर्भर, परिणाममुखी एवं प्रणालीबद्ध सेवा प्रदान गर्न लगानीका थप क्षेत्रहरु पहिचान गर्ने उद्देश्यका साथ अवकाश प्राप्त सैनिकहरुको भूमिका र योगदानलाई समेत प्रयोगमा ल्याई कल्याणकारी कार्यको क्षेत्रलाई विस्तार गर्दै सबै हिताधिकारीहरुको पृष्ठपोषण हुने विश्वास गरिन्छ । ४. उक्त कार्यक्रममा नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरु, रथीबृन्द, अवकाश प्राप्त रथीबृन्दहरु र गैह्र सैनिक विशेषज्ञहरुको उपस्थिति रहेको थियो ।