प्रधानसेनापति र मित्र राष्ट्र क्यानडाका गैर आवासिय महामहिम राजदुतबीच शिष्टाचार भेटवार्ता

१. आज मिति २०७० भाद्र १९ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. र नेपालका लागि मित्र राष्ट्र क्यानडाका गैर आवासिय महामहिम राजदुत Mr Stewart Beck र गैर आवासिय सैनिक सहचारी Col S.G. (Steve) Laplante वीच जंगी अड्डामा शिष्टाचार भेटघाट सम्पन्न भएको छ । २. उक्त भेटघाटका क्रममा नेपाल र क्यनाडावीचको द्धिपक्षिय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।