प्रधानसेनापति र एसिया प्यासिफिक सेन्टर फर सेक्युरिटि स्टडिजका निर्देशकवीच शिष्टाचार भेटवार्ता

१. आज मिति २०७० भाद्र २० गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. र Asia Pacific Center for Security Studies का निर्देशक Lt Gen (Retd) Dan Leaf वीच शिष्टाचार भेटघाट सम्पन्न भएको छ । २. निर्देशक Leaf ले आजै जंगी अड्डामा पि.एस.ओज् रथीबृन्दहरुसंग पनि भेटघाट गर्नु भएको छ । साथै उहाँले मिति २०७० भाद्र २१ गते टोखास्थित नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गर्ने कार्यक्रम रहेको छ । निर्देशक Leaf मिति २०७० भाद्र १९ गतेदेखि ऐ. २३ गतेसम्म नेपाल भ्रमणमा रहने कार्यक्रम समेत रहेको छ ।