पदोन्नतीको दज्र्यानी चिन्ह प्रदान

१. आज मिति २०७० भाद्र २० गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. ले नेपाल सरकारको मिति २०७० भाद्र १७ गतेको निर्णयअनुसार सहायक रथीबाट उपरथी दर्जामा पदोन्नती भएका सहायक रथी ३ जनालाई जंगी अड्डामा आयोजित एक बिशेष समारोहकावीच उपरथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गर्नुभयो । २. सहायकरथी बाट उपरथीमा पदोन्नती हुनु हुने सहायकरथी श्री पद्म बिलाश कार्की, सहायक रथी श्री विजय मोक्तान र सहायक रथी श्री हिमालय थापा रहनु भएको छ । त्यसैगरी सोहि मितिको निर्णयअनुसार महासेनानीबाट ३ जना सहायक रथीमा र प्रमुख सेनानीबाट ६ जना महासेनानीमा पदोन्नती हुनु भएको छ । ३. उक्त समारोहमा नेपाली सेनाका रथीबृन्दहरुको उपस्थिती रहेको थियो ।