प्रधानसेनापति संयुक्त राज्य अधिराज्य बेलायत भ्रमणको लागि प्रस्थान

१. संयुक्त अधिराज्य बेलायतका सेनाध्यक्ष Chief of the General Staff, General Sir Peter Wall GCB CBE ADG Gen को औपचारिक निमन्त्रणामा प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा. आज मिति २०७० भाद्र २१ गतेको ०९३० बजे बेलायततर्फ प्रस्थान गर्नु भएको छ । प्रधानसेनापति राणालाई बलाधिकृत रथी श्री नेत्र बहादुर थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गर्नु भएको थियो । २. प्रधासेनापति श्री राणालाई बेलायत प्रस्थान गर्नुपूर्व सैनिक सम्मान स्वरुप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । उक्त अवसरमा रथीबृन्द, रक्षा मन्त्रालयका उच्च पदस्थ अधिकारी लगायत नेपालस्थित आवसीय सैनिक सहचारीहरुको समेत उपस्थिती रहेको थियो । ३. उक्त भ्रमण दलमा स्टाफ रथीबृन्द उपरथी श्री भिक्टर ज.व.रा., प्रधानसेनापतिका पाश्र्ववर्ती सेनानी श्री सदिप बस्नेत समाबेश रहनु भएको छ । ४. नेपाल र मित्रराष्ट्र बेलायतको सदियौ पुरानो मैत्रीपूर्ण सम्बन्धको कडी स्वरुप दुई देशबीच राजनीतिक तथा सैनिक नेतृत्व तहको भ्रमणहरुले निरन्तरता पाईरहेका छन् । प्रधानसेनापति श्री राणाको यस भ्रमणले दुई देशविचको सम्बन्धलाई अझ मजबुत र प्रगाढ बनाउने बिश्वास लिईएको छ । यसअघि प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.को औपचारिक निमन्त्रणामा बेलायती सेनाका सेनाध्यक्ष Chief of the General Staff, General Sir Peter Wall GCB CBE ADG Gen को नेतृत्वमा दुई सदस्यीय भ्रमण दलले मिति २०६९ मंसिर १ गते देखि ६ गते सम्म नेपालको भ्रमण गरेको थियो । ५. प्रधानसेनापतिको अनुपस्थितीमा बलाधिकृत रथी श्री नेत्र बहादुर थापाले का.मु. प्रधानसेनापतिको कार्य सम्हाल्नु हुनेछ ।