का.मु. प्रधानसेनापति र चीनियां जनमुक्ति सेनाका Tibet Military Command का Deputy Commander बीच भेटवार्ता

१. मिति २०७० भाद्र २१ गते देखि नेपाल भ्रमणमा रहनु भएका चीनियां जनमुक्ति सेनाका Tibet Military Command का Deputy Commander Maj Gen Xia Aihe को नेतृत्वमा आएको आठ सदस्यीय भ्रमणदलले का.मु. प्रधानसेनापति रथी श्री नेत्र बहादुर थापासंग आज मिति २०७० भाद्र २३ गते जंगी अड्डामा शिष्टाचार भेटघाट गरेको छ । उक्त भ्रमणदलले नेपाली सैनिक प्रतिष्ठान, खरिपाटी र श्री नं. १० बाहिनी अड्डाको समेत भ्रमण सम्पन्न गरेको छ । २. उक्त भेटघाटका क्रममा दुई देशबीच रहंदै आएको आपसी सम्बन्ध लगायत द्धिपक्षिय हितका विषयमा छलफल भएको थियो । साथै Maj Gen Xia Aihe भाद्र २४ गते स्वदेश फिर्ता हुनु हुने कार्यक्रम रहेको छ ।