Disaster Response Exercise and Exchange अन्तर्गत Field Training Exercise को शुभारम्भ

१. आज मिति २०७० भाद्र २४ गते नेपाली सेना र मित्रराष्ट्र अमेरिकाको US Army Pacific Command (USARPAC) को संयुक्त आयोजकत्वमा Disaster Response Exercise and Exchange(DREE) अन्तर्गत Field Training Exercise(FTX) को व्यवस्था तथा युद्धकार्य महानिर्देशक उपरथी श्री पदमबिलास कार्कीले होटल ¥याडिसनमा शुभारम्भ गर्नु भएको छ । २. नेपाल भू–गर्भिय रुपमा भूकम्प तथा अन्य प्राकृतिक विपद्को दृष्टिकोणले अति संवेदनशिल मानिन्छ । उच्चस्तरको विपद् विशेषतः भूकम्प गएमा आपत्कालिन उद्धार, खोजतलाश र पुनस्र्थापनाको बृहत व्यवस्थापन गर्नुपर्ने हुन्छ । उक्त कार्यको लागि विभिन्न निकायहरु बीचको समन्व, सहकार्य र सो सम्बन्धी पूर्व तयारी र सोको अभ्यास समयमा हुन सकेको खण्डमा भविष्यमा आईपर्ने क्षतिलाई न्युनिकरण गर्न सकिन्छ । तसर्थ, मानविय उद्धार तथा राहत कार्यलाई प्रभावकारी ढंगबाट समन्वय तथा परिचालन गर्न यस प्रकारका अभ्यास, सेमिनार र गोष्ठीहरुको विशेष महत्व रहन्छ । ३. राष्ट्रिय स्तरका ठुला विपद्हरुमा सम्बन्धित निकायहरु र अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्दा उक्त निकायहरुलाई समन्वयात्मक सहयोगको भूमिका निर्वाह गरी उपलव्ध हुने श्रोत र साधनहरुलाई सहि र दु्रत ढंगले परिचालन गर्न नितान्त आवश्यक हुन्छ । त्यस प्रकृतिको कठिन र असहज अवस्थामा नेपाल सरकारले विपद् व्यवस्थापन सम्बन्धी तय गरेको राष्ट्रिय नीतिहरु अन्तर्गत अन्तर्राष्ट्रिय क्षेत्रबाट नेपाल सरकारले विशेषतः सैनिक मानविय सहयोग स्वीकार गरेको खण्डमा मित्रराष्ट्रहरुबाट आउने सैनिक मानविय सहयोगको समन्वय गर्न नेपाल सरकारले “राष्ट्रिय प्रतिकार्य कारवाहीको कार्य ढांचा (National Disaster Responce Framework) मा नेपाली सेनालाई जिम्मेवारी दिएको छ । उक्त नीति अनुसार काल्पनिक विपद् परिस्थितीको परिकल्पना गरी अभ्यास "Unity of Effort" संचालन गर्न लागिएको हो । उक्त संयुक्त अभ्यासबाट प्राकृतिक विपद्मा छोटो समयभित्र गरिने उद्धार कार्य तथा जन–धनको न्युनतम क्षतीको लागि अपनाईने कार्यविधिको अध्ययन, प्रयोग र अभ्यास गरी क्षमता अभिबृद्धि गर्न यस अभ्यासले मद्दत पु¥याउने छ । ४. यस अभ्यासका प्रमुख उद्देश्यहरुमास नेपाली सेना र US Army Pacific Command (USARPSC) लगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी तथा गैह्सरकारी संस्थाहरुबीच एकैसाथ कार्य गर्न सक्ने क्षमता (Interoperability) को अभिबृद्धि गर्नु, नेपालको विपद् व्यवस्थापन क्षमता अभिबृद्धि गर्नु, नेपाली सेना र नेपाल सरकारको क्षेत्रिय र उपमहाद्धिपिय संयोजनाको क्षमतालाई परिस्कृत पार्नु र क्षेत्रिय तथा राष्ट्रिय सहयोगी पक्षहरुबीच कार्य संयोजन, सचेतना र क्षमतामा बृद्धि गर्नु रहेको छ । ५. यस अभ्यासका दौरान बहुराष्ट्रिय सैनिक समन्वय केन्द्र (Multi-national Military Co-ordination Centre) को स्थापना र संचालन गर्ने अभ्यास, खोज र उद्धारको प्रयास तथा बहुसंख्यक घाईतेहरुको उपचार प्रक्रिया सम्बन्धी काल्पनिक परिस्थिति अनुसारको अभ्यास संचालन हुनेछ । उक्त अभ्यास जंगी अड्डा परिसर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा रहेको ई.ओ.डी. (Explosive Ordinance Disposal Holding Unit) र वीरेन्द्र सैनिक अस्पताल तथा महाराजगंज स्थित शिक्षण अस्पताल क्षेत्रहरुमा संचालन गरिनेछ । ६. यही भाद्र २४ गतेदेखि ऐ.२७ गते सम्म संचालन हुने यस अभ्यासमा नेपाली सेना, अमेरिकी सेनाका प्रतिनिधिहरु, नेपाल सरकारका विपद् व्यवस्थापनसंग सम्बन्धित सरकारी तथा गैह्र सरकारी निकायका प्रतिनिधीहरु तथा विपद् व्यवस्थापन क्षेत्रमा कार्यरत नेपाल स्थित विभिन्न एजेन्सीका प्रतिनिधिहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरीबल र अमेरिकी राजदुतावासका कर्मचारीहरुको सहभागिता रहेको छ । साथै यस अभ्यासमा पर्यवेक्षकको रुपमा अष्ट्रेलिया, बंगलादेश र संयुक्त अधिराज्य बेलायतका प्रतिनिधिहरु, गृह मन्त्रालयका प्रतिनिधि, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि, नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि, US Army Pacific तथा US III Marine Expeditionary Force (III MEF) का प्रतिनिधिहरुको समेत सहभागिता रहेको छ ।