प्रधानसेनापति श्री गौरव शम्शेर ज.ब.रा. बेलायतस्थित नेपाली राजदुतसंगको भेटवार्ता पछि SMC-4 को पुनर्मिलन कार्यक्रममा सहभागी

१. संयुक्त अधिराज्य बेलायतका लागि नेपाली राजदुत डा.सुरेश चन्द्र चालिसे र प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.बीच हिजो नेपाली राजदुतावासमा भेटघाट सम्पन्न भएको थियो । उक्त भेटघाटका क्रममा नेपाल र बेलायतबीच रहेको सदियौ पुरानो सम्बन्धको विविध पक्षका बारेमा छलफल र वर्तमान स्थितीको जानकारी आदानप्रदान भएको थियो । २. यसैगरी, प्रधानसेनापति श्री राणा, नेपाली राजदुत डा. चालिसेसंगको भेटघाट पछि Royal Military Academy, Sandhurst को भ्रमण तथा त्यहाँ आयोजित SMC-4 का सहपाठीहरुको पुनर्मिलन कार्यक्रममा सहभागी हुनु भएको थियो । उक्त पुनर्मिलन कार्यक्रममा बेलायती सेनाका उच्च पदस्थ अधिकारीहरु एवं केहि विदेशी सेनाका सेनाध्यक्ष तथा उच्च पदस्थ सैनिक पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।