प्रधानसेनापति र Foreign Commonwealth Office को माननिय मन्त्री Mr Hugo Swire वीच भेटवार्ता

१. मित्रराष्ट्र बेलायत भ्रमणमा रहनुभएका प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा.ले मिति २०७० भाद्र २४ गते Foreign Commonwealth Office को माननिय मन्त्री Mr Hugo Swire संग भेटवार्ता गर्नुभएको थियो । उक्त भेटका क्रममा नेपाल र बेलायतबीच रहंदै आएका सधियौं पुरानो ऐतिहासिक सम्बन्धबारे छलफल हुनुका साथै मन्त्री Mr Swire ले पूर्व लडाकुहरुलाई नेपाली सेनामा समायोजन गर्ने प्रक्रियामा नेपाली सेनाले निर्वाह गरेको उत्कृष्ट भूमिकाको मुक्तकण्ठले प्रशंसा गर्नुभयो । उक्त छलफलका अवसरमा बेलायतस्थित नेपाली राजदुत महामहिम डा. श्री सुरेश चन्द्र चालिसे पनि उपस्थित हुनु हुन्थ्यो । २. त्यसैगरी प्रधानसेनापति महारथी श्री राणाको सम्मानमा गोर्खा वीर स्मारक Gurkha Memorial Horse Guard Avenue मा बेलायती सेनाको एक टुकडीलेसम्मान गारत अपर्ण गरेको थियो । साथै, उक्त स्मारकमा महारथी श्री राणाले वीरहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो । ३. प्रधानसेनापति श्री राणाले बेलायती Chief of Defence Services Gen Sir Nicholas Hounghton GCB, CBE, ADC Gen संग भेटवार्ता गर्नु भएको थियो । उक्त अवसरमा नेपाल र बेलायतवीचको पारस्परिक सम्बन्ध एवं द्धिपक्षिय हितका बिषयमा छलफल हुनुको साथै सो अवसरमा नेपाली सेनालाई दिईने तालिम तथा सहयोगको क्षेत्रमा विस्तार गरिने विश्वास दिलाउनु भएको थियो । ४. प्रधानसेनापति श्री राणाले बेलायतको रक्षा मन्त्रालयमा बेलायती सेनाका सेनाध्यक्ष CGS General Sir Peter Wall GCB, CBE ADC Gen लाई भेटगरी द्धिपक्षिय हित एवं आपसी सम्बन्धका बिषयहरुमा छलफल गर्नु भएको थियो । सो अवसरमा General Wall ले नेपाली सेनासंगको द्धिपक्षिय तालिम आदान प्रदान विशेषतः मानविय सहयोग तथा विपद् व्यवस्थापन, विशेष फौजको तालिम, युद्धकौशल तथा युद्ध रणनीति स्तरका तालिमहरुलाई अभिबृद्धि गर्ने तर्फ विशेष पहल गर्ने जानकारी दिनु भयो । ५. साथै प्रधानसेनापति श्री राणाले DFID का उच्च पदाधिकारी Mr Chris Murgatroyd संग वहाँको कार्यकक्षमा भेट गरी द्धिपक्षिय हित प्रर्वद्धनका बिषयमा छलफल गर्नु भएको थियो । सो अवसरमा Mr Murgatroyd ले आगामी संविधानसभाको निर्वाचन र मानविय सहयोग तथा विपद् व्यवस्थापनका क्षेत्रमा DFID को सहयोगलाई विस्तार एवं निरन्तरता दिने जानकारी दिनु भयो । ६. त्यसैगरी महारथी श्री राणाले College of Defence Studies (RCDS) को भ्रमण गर्नुका साथै त्यहाँको अध्ययन अध्यापनका बिषयमा जानकारी हासिल गर्नुभएको थियो । सो अवसरमा त्यस RCDS का प्रमुख Lt Gen (Retd.) Sir David Bill ले तालिम संचालनका विविध पक्षहरु, भविष्यका सैनिक तथा गैह् सैनिक नेतृत्व विकास गर्न त्यस कलेजले पु¥याएको योगदान तथा तालिमका अन्य विविध पक्षका बारे प्रधानसेनापति श्री राणालाई जानकारी गराउनु भएको थियो ।