Disaster Response Exercise and Exchange 2013 सम्पन्न

१. मिति २०७० भाद्र २४ गतेबाट नेपाली सेना तथा मित्रराष्ट्र अमेरिकाको US Army Pacific (USARPAC)को संयुक्त आयोजकत्वमा शुरु भएको Disaster Response Exercise and Exchange (DREE) अन्तर्गत Field Training Exercise (FTX) को आज मिति २०७० भाद्र २७ गते नेपाली सेनाका का.मु. प्रधानसेनापति रथी श्री नेत्र बहादुर थापाको प्रमुख आतिथ्यमा होटल रयाडिसनमा सम्पन्न भएको छ । २. मिति २०७० भाद्र २४ गतेबाट लाजिम्पाटस्थित होटल ¥याडिसनमा शुरु भएको नेपाल Disaster Response Exercise and Exchange (DREE) 2013 अभ्यासमा विभिन्न मन्त्रालयका प्रतिनिधी, नेपाली सेना र अन्य सुरक्षा निकायका प्रतिनिधि, USARPAC का प्रतिनिधि, UN का नेपालस्थित विभिन्न निकायहरु र विभिन्न I/NGO का प्रतिनिधिहरु सम्मिलित चारदिने अभ्यास संचालन भएको थियो । अभ्यासको मुख्य उद्देश्य नेपाल सरकारद्धारा स्वीकृत “राष्ट्रिय विपद प्रतिकार्यको कार्यढाँचा (National Disaster Response Framework)” अनुरुप प्रतिकार्य कारवाही सञ्चालनको दौरान स्थापना हुने विभिन्न समन्वय केन्द्रहरु National Emergency Operation Centre (NEOC), On-site Overseas Co-ordination Centre (OSOCC) तथा Multinational Military Co-ordination Centre (MNMCC) बीच गरिनुपर्ने समन्वयहरु र सो केन्द्रहरुबाट गरिने कारवाहीहरुको अभ्यास तथा नेपाली सेनाको वीरेन्द्र अस्पताल लगायत महाराजगन्जस्थित टिचिङ्ग अस्पतालमा विपदको दौरान गरिनुपर्ने आपतकालिन प्रतिकार्य कारवाही तथा स्थायी कार्यविधीहरुको अभ्यास लगायत नेपाली सेनाको खोज तथा उद्धार क्षमताबारे अभ्यास गराउनु रहेको थियो । ३. भूकम्पको उच्च जोखिममा रहेको काठमाण्डौ उपत्यकामा भविष्यमा आई पर्न सक्ने विपद्को अवस्थामा सबै निकायहरुबाट आपसी समन्वय र सहकार्य गरी क्षति न्युनिकरणमा यस अभ्यासले उल्लेखनिय भूमिका खेल्ने कुरामा सहभागीहरुले विश्वास प्रकट गरेका छन् । ४. आजको समापन कार्यक्रममा अभ्यास संयोजक नेपाली सेनाका महा सेनानी श्री नरेश सुव्बाबाट अभ्यासबारे संक्षिप्त जानकारी तथा अभ्यासबाट निकालीएका निचोडहरुबारे जानकारी गराईएको थियो । साथै अमेरिकी महामहिम राजदुत Peter W. Bodde, रक्षा मन्त्रालयका सह सचिव श्री द्वारिका प्रसाद आचार्य , गृह मन्त्रालयका सह सचिव श्री लक्ष्मी प्रसाद ढकाल र मित्रराष्ट्र अमेरिकाको III Marine Expeditionary Force का Deputy Commanding General Brig Gen Paul Kennedy ले समेत सम्बोधन गर्नु भएको थियो भने विपद् व्यवस्थापन निर्देशनालयका निर्देशक सहायक रथी श्री अरुण घलेले धन्यवाद ज्ञापन गर्नु भएको थियो । उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्दहरु, नेपाल प्रहरी र सशस्त्र प्रहरीका बरिष्ठ अधिकृतहरु, राष्ट्रसंघीय निकायका पदाधिकारीहरु, नेपाल सरकारका निजामती पदाधिकारीहरु, USAID तथा विपद् व्यवस्थापनमा सक्रिय राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिहरु र नेपाली सेना तथा USARPAC का प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।