United nations Disengagement Observer Force का Deputy Force Commander सिरिया तर्फ प्रस्थान

१. हिजो मिति २०७० भाद्र २७ गते बेलुका ०८२० बजे संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापना कार्यको लागि United nations Disengagement Observer Force मिशन सिरियामा Deputy Force Commander को नियुक्तिमा कार्यरत रहन सहायक रथी श्री हरि बहादुर बस्नेत mission area तर्फ प्रस्थान गर्नुभयो । २. सहायक रथी श्री बस्नेतलाई प्रस्थान गर्नुपूर्व सहायक रथी श्री टेक बहादुर सिंहले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बिदाई गर्नुभएको थियो । सो बिदाई समारोहमा नेपाली सेनाका रथीबृन्द तथा अन्य अधिकृतहरुको पनि उपस्थिती रहेको थियो ।