“प्रधानसेनापति ट्रफि खेलकुद प्रतियोगिता २०७०” अन्तरगत फुटवल फाइनल खेल सम्पन्न

१. नेपाली सेनाद्धारा आयोजित “प्रधानसेनापति ट्रफि खेलकुद प्रतियोगिता २०७०” अन्तर्गत आज मिति २०७० असोज ६ गतेको १५०० बजे श्री सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र, लगनखेलको खेल मैदानमा जगदल गण र शम्शेरदल गणवीच फुटवल फाइनल खेल सम्पन्न भएको छ । उक्त खेलमा शम्शेर दल गणले जगदल गणलाई ३–० गोल अन्तरले पराजित गर्दै प्रथम स्थान हासिल गरेको छ । विजयी टिमका तर्फबाट अ.क. राजेन्द्र ठकुरीले पेनाल्टी १ सहित २ गोल र सि. शंकर कार्कीले १ गोल गरेका थिए । साथै उक्त प्रतियोगितामा तृतिय स्थान बटुकदल गणले हासिल गरेको छ । २. बलाधिकृत रथी श्री नेत्र बहादुर थापाले उक्त फुटवल प्रतियोगितामा प्रथम हुने शम्शेर दल गणलाई शिल्ड, रु.२५ हजार नगद पुरस्कार, पदक तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । साथै द्धितिय तथा तृतीय हुने टिमहरुलाई क्रमशः नगद पुरस्कार रु.१५ हजार तथा रु.१० हजार, पदक तथा प्रमाणपत्र प्रदान गर्नु भएको थियो । उक्त समारोहमा नेपाली सेनाका रथीबृन्द, अधिकृत तथा अन्यदर्जा लगायत संचारकर्मीहरुको साथै खेलप्रेमीहरुको उपस्थिती रहेको थियो ।