प्रधानसेनापति श्री गौरव शम्शेर ज.व.रा.लाई Lawrence School का तर्फबाट सम्मान प्रदान

१. छिमेकी मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष General Bikram Singh, PVSM, UYSM, AVSM, SM, VSM, ADC को औपचारिक निमन्त्रणामा सप्ताहव्यापी भारत भ्रमणमा रहनु भएका प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा. मिति २०७० असोज १७ गते विशेष हेलिकप्टरद्धारा Western Command HQ बाट Kasauli भारतीय सेनाको 95 Infantry Brigade HQ पुग्नु भएको थियो । प्रधानसेनापति महारथी श्री राणालाई भारतीय सेनाको उक्त Brigade का Brigade Commander ले हार्दिक स्वागत गर्दै उक्त Brigade को सम्बन्धमा जानकारी गराउनु भएको थियो । हिजै सांझLawrence School मा पुग्नु भएका प्रधानसेनापति महारथी श्री राणालाई उक्त स्कुलका प्रधानाध्यापक Praveen Vasisht ले स्वागत अभिवादन गर्नु भएको थियो । प्रधानसेनापति महारथी श्री राणाले वहाँको सम्मानमा आयोजित सास्कृतिक कार्यक्रमको अवलोकन गर्नुका साथै उत्कृष्ट सहभागीहरुलाई पुरस्कार समेत वितरण गर्नु भएको थियो । उक्त अवसरमा प्रधानसेनापति महारथी श्री राणाको बिशेष सम्मान स्वरुप स्कुलका तर्फबाट प्रधानाध्यापकले रात्रिभोजको आयोजना गर्नु भएको थियो । २. आज मिति २०७० असोज १८ गते Lawrence School, Sanawar को 166th Annual Founders Day को अवसरमा प्रमुख अतिथिको रुपमा आमन्त्रित श्री राणालाई उक्त स्कुलले स्वागत तथा सम्मान गरेको थियो । सो अवसरमा प्रमुख अतिथिको हैसियतले प्रधानसेनापति महारथी श्री राणाले National Cadet Corps (NCC) ले प्रदान गरेको सलामी ग्रहण तथा परेडको निरिक्षण गर्नु भएको थियो । प्रधानसेनापति महारथी श्री राणाले सो अवसरमा उक्त स्कुलको Board of Governor (BoG) र अति विशिष्ट पाहुनाहरु लगायत अन्य उपस्थित महानुभावहरुलाई सम्वोधन गर्नुका साथै सहपाठीहरुसंग पुनर्मिलन कार्यक्रममा समेत सहभागी हुनु भएको थियो । वहाँले उक्त स्कुलका बिद्यार्थीहरुले तयार पारेका विभिन्न बैज्ञानिक र अनुसन्धानमूलक कार्यहरुको प्रदर्शनी अवलोकन गर्नु भएको थियो । यसै बर्ष उक्त स्कुलका बिद्यार्थीहरुले सगरमाथाको सफल आरोहण गरी विश्वको पहिलो स्कुल र कम उमेर समुहका विद्यार्थीको रुपमा विश्व किर्तिमान समेत कायम गरेका थिए । प्रधानसेनापति महारथी श्री राणा आजै दिउसो कसौलीबाट चण्डीगढ हुंदै नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ । ३. भ्रमणदलका सदस्य सैनिक विनय महानिर्देशक उपरथी श्री भिक्टर ज.ब.रा.ले मिति २०७० असोज १७ गते भारतीय सेनाको आर्मी ट्रेनिङ्ग कमाण्ड Shimla को भ्रमण गरीGeneral Officer Commanding, Lt Gen Sanjeev Madhok, VSM संग भेटघाट गरी दुई देशका सेनाको तालिम सम्बन्धी विविध पक्षहरुमा छलफल गर्नु भएको थियो ।