प्रधानसेनापति छिमेकी मित्रराष्ट्र भारतको औपचारिक भ्रमण पश्चात स्वदेश फिर्ता

१. छिमेकी मित्र राष्ट्र भारतका स्थल सेनाध्यक्ष General Bikram Singh, PVSM, UYSM, AVSM, SM, VSM, ADC को औपचारिक निमन्त्रणामा मिति २०७० असोज १३ गते बाट ऐ. १९ गतेसम्मको सप्ताहव्यापी भ्रमण पुरा गर्नु भई प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा आज मिति २०७० असोज १९ गते स्वदेश फिर्ता हुनु भएको छ । २. प्रधानसेनापति श्री राणालाई बलाधिकृत रथी श्री नेत्र बहादुर थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भएको थियो । प्रधासेनापति श्री राणालाई सैनिक सम्मान स्वरुप VVIP Lounge मा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । उक्त अवसरमा रथीबृन्द, रक्षा मन्त्रालयका उच्च पदस्थ अधिकारी लगायत नेपालस्थित आवसीय सैनिक सहचारीहरुको समेत उपस्थिती रहेको थियो । ३. मित्रराष्ट्र भारत भ्रमणको क्रममा प्रधानसेनापति महारथी श्री राणाले उत्तराखण्ड पिथौरागढमा संचालित नेपाली सेना र भारतीय सेनाको Indo-Nepal Joint Training को गण तहको Joint Training EX SURYA KIRAN-V को निरिक्षण तथा अवलोकन गर्नु भएको थियो । यस अघि वहाँले नयाँ दिल्लीमा र अभ्यास ईलाकामा भारतीय स्थल सेनाध्यक्ष General Bikram Singh संग भेटवार्ता गर्र्नु भएको थियो । उक्त भेटघाटका क्रममा आपसी दिपक्षिय हित एवं सैनिक तालिमलाई अझ व्यापकता बनाउने वारे र नेपाली सेनालाई आवश्यक पर्ने सैनिक सामग्री उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । उक्त भ्रमणको शिलसिलामा मिति २०७० असोज १५ गते भारतीय सेनाको Western Command HQ चण्डीमन्दिर को भ्रमण गर्नु भएको थियो । सो अवसरमा प्रधानसेनापति महारथी श्री राणालाई सम्मान गारत अपर्ण गरिएको थियो । वहाँसंग Western Command GOC-in-C Lt Gen Philip Compose ले भेटवार्ता गर्नु भएको थियो । मिति २०७० असोज १७ गते प्रधानसेनापति महारथी श्री राणालाई कसौली स्थित 95 Infantry Brigade HQ मा त्यहाँका कमाण्डरले हार्दिक स्वागत गर्नुभएको थियो । ४. मिति २०७० असोज १७ गते Lawrence School, Sanawar को १६६ औं Annual Founders Day को अवसरमा प्रमुख अतिथिको रुपमा आमन्त्रित श्री राणालाई उक्त स्कुलका प्रधानाध्यापक Praveen Vasisht ले स्वागत गर्दै स्कुलका तर्फबाट विशेष सम्मान प्रकट गरिएको थियो । सो अवसरमा प्रमुख अतिथिको हैसियतमा रहनु भएको प्रधानसेनापति महारथी श्री राणाले उक्त स्कुलका छात्रछात्राबाट प्रर्दशन गरिएको विविध साँस्कृतिक कार्यक्रम र Tatoo को अवलोकन गर्नुभएको थियो । मिति २०७० असोज १८ गते उक्त स्कुलबाट प्रदर्शन गरिएको National Cadet Corps (NCC) परेडको सलामी ग्रहण तथा परेडको निरिक्षण गर्नुका साथै विभिन्न बिधामा उत्कृष्ट हुने छात्रछात्राहरुका साथै शिक्षक शिक्षिकालाई पुरस्कार वितरण गर्नुभएको थियो । उक्त अवसर अगाडी Lawrence School मा दिक्षित भारतीय सेनामा नियुक्त भई तत्कालिन कार्यक्षेत्रमा तैनाथ भएको अवस्थामा वीरगती प्राप्त गरेका 2nd Lt Arun Khetrapal, PVC (परमवीर चक्र) सालिकमा श्रद्धान्जली अर्पण गर्नु भएको थियो । भारतीय विभुषण परमवीर चक्र लडाईमा सबैभन्दा उत्कृष्ट वहादुरी प्रदर्शन गर्ने व्यक्तिलाई प्रदान गर्ने परम्परा रहेको छ । ५. प्रधानसेनापति महारथी श्री राणाले मिति २०७० असोज १९ गते भारतीय विदेश सचिव श्रीमती सुजाथा सिंहसंग भेटवार्ता गर्नु भएको थियो । उक्त भेटवार्तामा भारतीय विदेश सचिवले नेपाली सेनाको पेशागत दक्षता, अराजनीतिक छवी र प्रजातान्त्रिक मूल्य र मान्यता प्रतिको प्रतिबद्धताको प्रशंसा गर्नु भयो । वहाँले नेपाली सेनालाई आवश्यक पर्ने सहयोगहरु उपलव्ध गराउन भारतीय पक्ष तत्पर रहेको र नेपाली सेनालाई उपलव्ध हुने क्रममा रहेका सैनिक सामग्रीहरु आगामी चुनाव अगावै उपलव्ध हुने विश्वास दिलाउनु भएको छ । भारत सरकारबाट नेपाली सेनालाई हवाई साधन उपलव्ध गराउन समेत सकारात्मक विचार प्रकट भएको छ । प्रधानसेनापति महारथी श्री राणालाई आज नयाँ दिल्ली स्थित ईन्दिरा गान्धि अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सेनाका Maj Gen Gurdeep Singh, Additional Director General International Cooperation ले हार्दिक बिदाई गर्नु भएको थियो । ६. दुई छिमेकी मित्रराष्ट्रहरु संगको आपसी सौहार्दपूर्ण सम्बन्धलाई निरन्तरता दिने सिलसिलामा नेपाली सेनाका प्रधानसेनापतिले गर्नु भएको मित्रराष्ट्र भारतको यो दोस्रो औपचारिक भ्रमणले नेपाल र भारतवीचको परम्परागत सैनिक सम्बन्धका अलावा दुई देशबीचको आपसी सम्बन्धलाई अझ मजबुत र प्रगाढ बनाउन मद्दत पुगेको विश्वास लिईएको छ ।