“प्रधानसेनापति ट्रफि खेलकुद प्रतियोगिता २०७०” समापन

१. प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र लगनखेल खेल मैदानमा “प्रधानसेनापति ट्रफि खेलकुद प्रतियोगिता २०७०” को आज मिति २०७० असोज २१ गते एक विशेष समारोहका बिच समापन गर्नुभयो । २. प्रधानसेनापति श्री राणाले प्रतियोगिताको एथलेटिक्स ईभेण्ट अन्तर्गत सर्वप्रथम हुने मध्य पृतना हे.क्वा.लाई रनिङ शिल्ड, नगद पुरस्कार रु.२५००० तथा प्रमाणपत्र, द्धितिय हुने उपत्यका पृतना हे.क्वा.लाई नगद पुरस्कार रु.१५००० तथा प्रमाणपत्र, तृतिय हुने पश्चिम पृतना हे.क्वा.लाई नगद पुरस्कार रु.१०००० तथा प्रमाणपत्र प्रदान गर्नुभयो । साथै उहांले राष्ट्रिय खेलकुद परिषद्का निर्णायक मण्डल, विजयी खेलाडीहरु, प्रशिक्षक तथा सञ्चालकहरुलाई प्रशंसा–पत्र तथा नगद पुरस्कार प्रदान गर्नुभयो । ३. यसै क्रममा प्रधानसेनापति महारथी श्री राणाले म्याराथुन तर्फ प्रथम हुने हुद्धा उत्तम खत्रीलाई निरशम्शेर कोषबाट रु.२२००० र १० कि.मि. दौडमा प्रथम हुने अम. लेटरसिंह खत्रीलाई नगद पुरस्कार रु.८००० समेत प्रदान गर्नु भएको थियो । उक्त अवसरमा प्रतियोगिता अवधिभरमा सर्वाेत्कृष्ट एथलेटिक्स खेलाडी– पुरुष तर्फ पुरानोगोरख गणका अम. दिलिप था.म.लाई पुरस्कार स्वरुप मोटरसाईकल तथा महिलातर्फ उपत्यका पृतना हे.क्वा.का सि. दुर्गा देवकोटालाई पुरस्कार स्वरुप टेलिभिजन प्रदान गर्नुभयो । ४. समारोहमा नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरु, नेपाली सेनाका रथीबृन्द एवं अधिकृतहरु, विदेशी सैनिक सहचारीहरु तथा नेपाल खेलकुद परिषद्का प्रतिनिधीहरु तथा संचारमर्कीहरुको समेत उपस्थिती रहेको थियो । ५. “प्रधानसेनापति ट्रफि खेलकुद प्रतियोगिता २०७०” मा समाविष्ट विधाहरुमा उत्कृष्ट अंक ल्याई प्रथम हुने टिमलाई “सेना दिवस २०७०” को अवसरमा प्रधानसेनापतिबाट “प्रधानसेनापति ट्रफि २०७०” प्रदान गरिने कार्यक्रम रहेको छ । ६. यस प्रतियोगिताले नेपाली सेनाको जवानहरुमा शारिरीक सुगठन, अनुशासन एवं चारित्रिक विकासमा उल्लेख्य योगदान पु¥याउने अपेक्षा राखिएको छ । साथै, यस प्रतियोगिताबाट छानिएका खेलाडीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा समेत बलियो सहभागिता जनाउने र उत्कृष्ट नतिजा ल्याई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत उच्च योगदान पु¥याउने विश्वास लिईएको छ ।