प्रधानसेनापतिको मित्रराष्ट्र अमेरिका भ्रमण स्थगित

अमेरिकी सेनाको प्रशान्त क्षेत्रीय कमाण्ड (US PACOM) का कमाण्डर Admiral Samuel J Locklear, III को औपचारिक निमन्त्रणामा मिति २०७० कार्तिक ४ गते देखि कार्तिक ७ गते सम्म मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाको होनोलुलु, हवाईमा आयोजना हुने भनिएको 16th Annual Chiefs of Defense (CHOD) Conference भाग लिन प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. जाने कार्यक्रम तय भएकोमा हाल आयोजकका तर्फबाट उक्त कार्यक्रम पछि सरेको हुंदा उक्त कार्यक्रममा सहभागी हुन जाने कार्य हालको लागि स्थगित भएको व्यहोरा सबैलाई जानकारी गराईन्छ ।