प्रधानसेनापति र मित्रराष्ट्र जापानका आवासिय महामहिम राजदुतवीच शिष्टाचार भेटवार्ता

१. आज मिति २०७० आश्विन ३१ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.संग आफ्नो कार्यकाल पुरा गरी स्वदेश फिर्ता हुन लाग्नु भएका मित्रराष्ट्र जापानका आवासिय महामहिम राजदुत Mr. Kunio Takahashi ले जंगी अड्डामा विदाई भेटघाट गर्नु भयो । २. उक्त भेटघाटका क्रममा नेपाल र जापानबीचको द्धिपक्षिय आपसी हित र पारस्परिक सम्बन्धको साथै नेपालको विभिन्न क्षेत्रमा जापान सरकारले पु¥याएको उल्लेख्य सहयोग सम्बन्धमा छलफल भएको थियो ।