नेपाली सेनाको विशेष फौज तथा पृतना अन्तर्गतका फौज र US Pacific Command को विशेष फौजबीच संयुक्त तालिम तथा अभ्यास संचालन

१. नेपाली सेनाको विशेष फौज तथा पृतना अन्तर्गतका फौज र US Pacific Command को विशेष फौजबीच पूर्व निर्धारित कार्यक्रम अनुसार मिति २०७० कार्तिक ५ गते देखि मंसिर पहिलो साता सम्म काठमाण्डौं, हेटौंडा, सिमरा र पोखरामा संयुक्त तालिम तथा अभ्यासहरु संचालन गर्ने कार्यक्रम रहेको छ । २. सन् २००३ देखि बार्षिक रुपमा यस किसिमको कार्यक्रम संचालन हुंदै आई रहेको छ । हाल संचालन हुन गईरहेको यस तालिम तथा अभ्यासमा US Pacific Command को दुई वटा जहाज C130 ले तालिममा सहभागी हुन आउने सहभागी टुकडीहरुलाई लिई मिति २०७० कार्तिक १ र २ गते काठमाण्डौ आउने कार्यक्रम रहेको छ । ३. उक्त कार्यक्रम अनुसार कार्तिक ९ र १० गते सिमरा तथा मेघौलीमा संयुक्त प्यारा–जम्प (Para Jump) गर्ने कार्यक्रम समेत रहेको छ । यस किसिमको संयुक्त अभ्यासलाई विगत देखि नै Balance Nail र Teak Nail नामाकरण गरी संचालन हुंदै आईरहेको छ । यस प्रकृतिको संयुक्त तालिम तथा अभ्यासमा सैनिक युद्धकलाको अलावा मानविय सहयोग तथा विपद् व्यवस्थापन (Humanitarian Assistance & Disaster Response) मा केन्द्रित रही संचालन गरिनेछ । यस तालिम तथा अभ्यासमा नेपाली सेनाको तर्फबाट करिव ३०० र US Armed Forces का करिव ६० जना सहभागी हुनेछन् । यस संयुक्त तालिम तथा अभ्यास समाप्त गरी US Armed Forces का सहभागी टुकडीहरु मिति २०७० मंसिर १२ गते सोही जहाजबाट स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ । ४. यस किसिमको संयुक्त तालिम तथा अभ्यासहरुले केवल नेपाली सेना र अमेरिकी सेनाबीचको सम्बन्धलाई मात्र प्रवद्र्धन नगरी नेपाल र अमेरिकाबीचको द्धिपक्षिय पारस्परिक सम्बन्धलाई समेत प्रगाढ एवं सुदृढ गर्न मद्दत पुग्नेछ । साथै भविष्यमा हुन सक्ने ठुला विपद्हरुमा मानविय सहयोग तथा विपद् व्यवस्थापन जस्ता महत्वपूर्ण कार्यहरुलाई प्रभावकारी ढंगले संचालन र सम्पादन गर्न नेपाली सेनाको क्षमता अभिबृद्धि गर्न समेत मद्दत पुग्ने विश्वास लिईएको छ ।