नेपाली सेनालाई सैन्य सामग्री प्राप्त हुने

१.    मिति 8-12 April 2013 मा भारतको बैंगलोरमा सम्पन्न नेपालभारत द्धिपक्षिय परामर्श समुह (Indo-Nepal Bilateral Consultative Group on Security Issues) को दशौं बैठकमा सहमति भए अनुसारको सैन्य सामाग्रीहरु मध्ये केही सामाग्री छिटै प्राप्त हुने क्रममा रहेको छ । २०६१ साल देखि रोकिएको घातक हतियार लगायत सैन्य सामाग्रीहरुको आपूर्ति खुले पश्चात पहिलो पटक उक्त सैन्य सामाग्रीहरु प्राप्त हुन लागेको हो ।


२.    प्राप्त हुने सैनिक सामाग्रीहरुमा हलुका सवारी साधन गोटा २१६, सैनिक ढांचाका ठुला सवारी साधन गोटा १५४ (७.५ टन ट्रक गोटा ५८, २.५ टन ट्रक गोटा ६७, एम्बुलेन्स गोटा ४ तथा एम.पि.भि. (बख्तरबन्द गाडी) गोटा २५) र केही हतियारहरु प्राप्त हुनेछन् ।


३.    यस प्रकारको सामग्री आपूर्तिले नेपाली सेनाको नियमित कार्य सम्पादन गर्न सहज बनाउने मात्र नभई नेपाली सेनाको आधुनिकीकरण र अपरेशनल क्षमता अभिबृद्धि गर्न समेत सहयोग पुग्ने र नेपालभारत बीचको पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ एवं सौहार्द बनाउन सहयोग पुग्ने बिश्वास नेपाली सेनाले लिएको छ ।